भाजपालाई समर्थन गर्ने विषयमा गोरामुमो पार्टीभित्र आन्तरिक कलह : मौरिस कालिकोट्ले भने –‘भाजपाले छैटौँ अनुसूचीको मुद्दा चुनावी घोषणा पत्रमा समवेश गरे मात्रै समर्थन गर्नेछौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, March 28, 2019

भाजपालाई समर्थन गर्ने विषयमा गोरामुमो पार्टीभित्र आन्तरिक कलह : मौरिस कालिकोट्ले भने –‘भाजपाले छैटौँ अनुसूचीको मुद्दा चुनावी घोषणा पत्रमा समवेश गरे मात्रै समर्थन गर्नेछौँ’

गफसफ.com, कालेबुङ 28 मार्च। 
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) पार्टीले दार्जीलिङ संसदीय क्षेत्रबाट भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टलाई समर्थनको घोषणा गरेपनि यता गोरामुमो कालेबुङ जिल्ला समितिले भने केन्द्र समितिलाई समेत वास्ता नगरी भाजपालाई आफ्नो सर्त राखेको छ। गोरामुमो कालेबुङ जिल्ला समितिले भाजपालाई आफ्नो चुनावी घोषणा पत्रमा छैटौँ अनुसूचीको मुद्दा समावेश गर्नुपर्ने सर्त राख्दै यदि उक्त मुद्दा समावेश गरे मात्रै भाजपा प्रार्थीलाई सघाउने घोषणा गरेको छ। गोरामुमो कालेबुङ जिल्ला समितिको उक्त घोषणाले केन्द्रिय समितिसँग पार्टी कार्यकर्ताहरूको भित्र-भित्रै असन्तुष्टिको लहर देखा परेको पनि उजागर भएको छ।
‘भारतीय जनता पार्टीको सरकार केन्द्रमा आएको खण्डमा छैटौँ अनुसूचीको मुद्दालाई पहिलो संसदको सत्रमा नै पारित गर्नेछ भनि चुनावी घोषणा पत्रमा समावेश गर्न पर्नेछ। यदि भाजपाले आफ्नो राष्टिय चुनावी घोषणा पत्रमा उक्त मुद्दालाई समावेश गरे गोरामुमो कालेबुङ जिल्ला समितिले भाजपा प्रार्थीलाई समर्थन गर्नेछ’ –उक्त कुरा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका स्टेरिङ कमिटिका सदस्य मौरिस कालिकोटेले भनेका हुन्।  
गोरामुमो पार्टीले गोजमुमो विमल गुटसँग मिलेर भारतीय जनता पार्टीको प्रार्थीलाई दार्जीलिङ संसदीय समर्थनको घोषणा गरेपछि कालेबुङ जिल्ला समितिका गोरामुमो कार्यकर्ताहरू अलमल्ल परेर आफुलाई सोधखोज गरिरहेको बताउँदै कालिकोटेले आज पार्टीको वैठक आयोजना गरेको जानकारी दिएका छन्। उक्त वैठकमा सर्वसहमतिले नै भाजपाले आफ्नो चुनावी घोषणा पत्रमा छैटौँ अनुसूचीको मुद्दालाई समावेश गर्नुपर्ने माग राखेको अनि यदि उक्त मागलाई स्वीकार गरेर समावेश गरिए गोरामुमो जिल्ला समितिले भाजपा प्रार्थीलाई समर्थन गर्ने सभामा निर्णय लिइएको पनि उनले स्पष्ट पारेका छन्। यदि भाजपाले आफ्नो चुनावी घोषणा पत्रमा छैटौँ अनुसूचीको मुद्दा समावेश नगरे पार्टीले अर्को सभा आयोजना गरेर आगामी दिनमा निर्णय लिने पनि मौरिस कालिकोटेले जानकारी दिएका छन्।
उनले गोरामुमो पार्टीका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङले ‘पार्टी भन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो’ भन्ने नारा दिएको बताउँदै छैटौँ अनुसूची नै वास्तामा माटो रहेको अनि आफुहरू त्यहीँ माटो प्राप्तिको निम्ति लडीरहेको पनि बताएका छन्। यसक्रममा उनले केन्द्रिय समितिको निर्णयप्रति आफ्नो कुनै टिप्पणी नरहे पनि भाजपाले केन्द्रिय चुनावी घोषणा पत्रमा यदि छैटौँ अनुसूचीको मुद्दा समावेश नगरे त्यसपछि अघिल्लो निर्णय सभा बसेर लिने दोहोर्‍याएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad