भूमिगत नेता विमल गुरुङले जारी गरे अडियो सन्देश; भने –‘विमल गुरुङलाई घर फर्काउन भाजपालाई समर्थन गर्नुहोस्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, March 28, 2019

भूमिगत नेता विमल गुरुङले जारी गरे अडियो सन्देश; भने –‘विमल गुरुङलाई घर फर्काउन भाजपालाई समर्थन गर्नुहोस्’

गफसफ.com, कालेबुङ 28 मार्च। 
लोकसभा चुनावामा भाजपा प्रार्थी राजु विष्टलाई समर्थन गरेर भूमिगत नेता विमल गुरुङलाई जनताले घर फर्कएर ल्याउनुपर्ने विमल गुरुङ आफैले अडियो सन्देश जारी गरेर अपिल गरेका छन्। ‘विमल गुरुङलाई उन्मुक्ति गर्न अनि विमल गुरुङलाई घर फर्काएर ल्याउन भाजपालाई सघाउनुहोस्’ –विमल गुरुङले जारी गरेको अडियो सन्देशमा भनेका छन्।

यसैक्रममा भूमिगत नेता विमल गुरुङले ताजा अडियो सन्देश जारी गरेर सम्पूर्ण पहाडवासी एक बन्नुपर्ने आह्वान गरेका छन्। जीटीएको सत्तामा हुँदा विपक्षी राजनैतिक दलहरूलाई पत्तो नदिने गुरुङले लोकसभा चुनावको अवसरमा सम्झना आएको छ। उनले विपक्षी राजनैतिक दलहरूमा क्रामाकपा प्रमुख आर.बी राई, जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री, गोर्खालिग पार्टीका भारती तामाङ, प्रताप खाती, दावा पाख्रिन आदिको नाउँ नै लिएर लोकसभा चुनावमा एक बन्नुपर्ने आह्वान गरेका छन्।
यसक्रममा उनले गोर्खाहरूको निम्ति आफु अहिलेपनि संघर्षरत रहेको दाबी गर्दै लोकसभा चुनावको निम्ति दार्जीलिङ संसदीय क्षेत्रबाट नामङ्कन पत्र दर्ता गर्नेहरूले आफ्नो नामङ्कन पत्र फिर्ता लिएर भाजपा प्रार्थी राजु विष्टलाई समर्थन गर्नुपर्ने अपिल समेत गरेका छन्।
उनले यसपल्ट गोरामुमो र गोजमुमो पार्टीले आफ्नो सम्पूर्ण मनमुटाव भुलेर जातिय हितको निम्ति एक बनेको दाबी गर्दै यो एकता पहलमा अन्य राजनैतिक दलहरू पनि अघि आउनुपर्ने आह्वान गरेका छन्। यसै अवसरमा उनले उक्त अडियो सन्देशमा दार्जीलिङ पहाडबाट साझा प्रार्थीको निम्ति एकता बनेको भए आफुले पनि सहयोग गर्ने थिएँ भन्दै एकता नबनेकै कारण भाजपालाई समर्थन गरेको भन्दै अब अन्यले पनि भाजपालाई सहयोग गर्नुपर्ने गुरुङको आह्वान रहेको छ।  
‘अहिले पहाडको भविष्य लेख्नको जिम्मेवारी सबै राजनैतिक दलको हो। यो विमल गुरुङको मात्रै जिम्मेवारी होइन अनि मनघिसिङको मात्रै जिम्मेवारी होइन।  तर, आरबी राई, डा. हर्कबहादुर छेत्री, भारती तामाङ, प्रताप खाती, बन्दना राई, सबैको जिम्मेवारी हो। हामीले एमपी क्यानिनेडेट होइन तर जातिय एकता हेर्नुपर्नेछ’ विमल गुरुङले भनेका छन्।
उनले हालमा विनय तामाङ र अनित थापाले पहाडलाई बेचेर स्वार्थको राजनीति गरेको आरोप लगाउँदै जनताले सही जवाब दिनुपर्नेछ भनेका छन्। ‘दुईजना व्यक्तिले सम्पूर्ण पहाडलाई बेचेर आफ्नो स्वार्थको राजनीति गर्दैछ। उनीहरूलाई हामीले जवाब दिन पर्नेछ’ विमल गुरुङले भनेका छन्।
यसक्रममा उनले स्वाराज थापाको नाउँ नलिइ उनलाई पनि आफ्नो नामङ्कन पत्र फिर्ता लिइदिने अपिल गरेका छन्। आफुले आफ्नै पार्टीबाट प्रार्थी दिने सोँचे पनि पार्टीभित्रै दुईचरजना प्रार्थी हुन चाहेको अनि यता गोरामुमो पार्टीबाट पनि प्रार्थी हुन चाहेको कारण नै आखिरमा भाजपालाई सघाउने निर्णय लिएको पनि उनले स्पष्टिकरण दिएका छन्।
‘मैले बाहिर बसेर नै 21 महिनादेखि संघर्ष गरिरहेको छु। यसकारण सबैले जातिको हितमा आफ्नो पर्चा फिर्ता गरिदिनुहोस्। हाम्रै पार्टीका व्यक्तिले पनि राजीनामा दिएर पर्चा परेका छन्। उनलाई पनि आफ्नो पर्चा फिर्ता लिइदिने आह्वान गर्छु’ विमल गुरुङले स्वाराज थापाको नाउँ नलिइ भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad