हिल सेकेण्डेरी भेरिफाइड भोलेण्टियर टिचर्स अर्गनाइजेशनद्वारा अहलुवालियाको बयानको भर्त्सना - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 2, 2019

हिल सेकेण्डेरी भेरिफाइड भोलेण्टियर टिचर्स अर्गनाइजेशनद्वारा अहलुवालियाको बयानको भर्त्सना

गफसफ.com, दार्जीलिङ, 2 मार्च।
हिल सेकेण्डेरी भेरिफाइड भोलेण्टियर टिचर्स अर्गनाइजेशन (एचएसभीभीटीओ) ले दार्जीलिङ लोकसभा केन्द्रका सांसद तथा केन्द्रीय मन्त्री एसएस अहलुवालियाले भूमिपुत्र अम्मेद्वारबारे दिएको बयानलाई हिल सेकेण्डेरी भेरिफाइड भोलेण्टियर टिचर्स अर्गनाइजेशन (एचएसभीभीटीओ) ले घोर भर्त्सना गरेको छ।

दश वर्ष गोर्खाहरूलाई माछा-माछा भ्यागुता भन्ने भाजपाको सांसदले आफूलाई भोट दिने इमान्दार जनतालाई बिदेशीको लाञ्छना लाउँदैछन्। भाजपाले यसको सही जवाब पहाडका जनताबाट लोकसभामा पाउनेछ’ एचएसभीभीटीओले विरोध जनाउँदै भनेको छ।
जीटीए चियरमेन विनय तामाङ र भाइसचियरमेन अनित थापाको निर्देशनमा यसचोटिको लोकसभा चुनाउमा एचएसभीभीटीओ विशेष अभियान लिएर पहाडमा उत्रिने भएको छ।  एसएस अहलुवालियाको बयानलाई भाजपाको बयान एचएसभीभीटीओले भनेको छ –‘अहलुवालियाको बयानले देशका गोर्खाहरूप्रतिको बीजेपीको हेराइ स्पष्ट भएको छ। दुई-दुइचोटि बीजेपीका उम्मेद्वारलाई दिल्ली पठाएर हामीले आफ्नै खुट्टामा वञ्चरो हानेका रहेछौं। अब उसो पहाडले बीजेपी असली नियत बुझेका छन्।’
एचएसभीभीटीओले अहलुवालिया 104 दिनको आन्दोलनमा सहानुभूति प्रकट गर्नधरि अघि नआएको आरोप लगाउँदै 11 जात-गोष्टीलाई जनजातिको मान्यता दिलाउने बारेमा समेत  झुटो आश्वासन मात्रै दिएको आरोप लगाएको छ। यसका साथै अहलुवालियालाई असफल सांसद बताउँदै यसचोटि पहाडका मानिसहरूको सचेतनाको कारण उनले मानसिक सन्तुलन समेत गुमाइसकेको एचएसभीभीटीओको अभियोग छ। सङ्गठनका विवेक छेत्री, मनोहर शर्मा, जोहन राई, पवन मगर, साहिल मुखिया, जनार्दन शर्मा आदि प्रतिनिधिहरूले संयुक्त रूपमा भनेका छन् –‘झुटको राजनाति गर्ने बीजेपीको विरुद्धमा हामी जोडदारले लागिपर्ने छौं। यसचोटिको लोकसभा चुनाउमा पहाड मात्र होइन देशका अरू भागका गोर्खाहरूले समेत अहलुवालियाको बयानको जवाब दिनेछन्’।

No comments:

Post a Comment

Post Bottom Ad