दार्जीलिङ संसदीय क्षेत्रका सांसद
एस.एस आहलुवालीयाले दिएको विवादित बयानप्रति गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिको
विरोध गर्दै आफ्नो बयान फिर्ता लिनको साथै गोर्खाहरू समक्ष माफी माग्नुपर्ने माग
गरेका छन्। जीएसएसका साङ्गठनिक सचिव लोप्साङ लामा अनि राष्ट्रिय कोषाध्यक्ष उत्तम
कुमारले एक प्रेस विज्ञप्ति जारी गरेर सांसद आहलुवालीयाको विवादित बयानको विरोध
गरेका हुन्।
![]() |
लोप्साङ लामा (देब्रे), उत्तम कुमार (दाहिने) |
‘दार्जीलिङका सासद एस.एस आहलुवालीयाद्वारा दार्जीलिङ संसददीय
चुनाव क्षेत्रबारे दिएको बयान भूमिपुत्र उम्मेदवारको बारेमा जीएसएसएस यसको घोर
बिरोध गर्दछौँ। आहलुवालीयाको यस्तो गैर जिम्मेवारी टिपण्णी सम्पूर्ण गोर्खाप्रति
ठुलो अघात हो। जुन गोर्खाको जमीन एवम् भोटले बिजय बनेर गए साथै मन्त्री बने त्यहीँ
जातिको उपाहास गर्नु उसको मानसिकताको परिचय दिन्छ। गोर्खाल्याण्ड संयुक्त सघर्ष
समिति जोड़तोड़ले बिरोध गर्दछ’ जीएसएसद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
‘जसको भोटले आहलुवालिया एमपी चुनिएर आए अनि आज पाँच वर्ष पछि त्यहीँ जनतालाई विदेशी
भन्नुको तात्पर्य के हो?’ जीएसएसले सांसद आहलुवालीयाप्रति प्रश्न तेर्साएको छ। यसका
साथै यदी गोर्खाहरूलाई उनले विदेशी ठान्छन् भने विदेशीको भोट पाएर उनी कसरी सांसद
चुनिए भनि थप्न प्रश्न बिज्ञप्तीमा गरिएको छ। यसका साथै उनले आफ्नो पदबाट राजीनामा
दिनुपर्ने माग पनि जीएसएसले गरेको छ।
यसैक्रममा वितेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनको
क्रममा पश्चिम बङ्गाल सरकारले दार्जीलिङ पहाडका मानिसहरूमाथि अन्याय र अत्याचार
गर्दा उनी कहाँ थिए भन्ने प्रश्न पनि जीएसएसले सांसदलाई गरेको छ। उनलाई
गोर्खाहरूले आफ्नो अधिकार प्राप्तिको निम्ति भोटमा विजयी बनाएर संसदमा पठाएको अनि
ईष्ट इन्डिया कम्पनीको समयमा भूमीसँगै भारतमा आएका भारतका खाँटी नागरिकहरूलाई उनले
विदेशी भनेर लञ्छित बनाएको पनि जीएसएसले आरोप लगाएको छ। जुन बयानले गोर्खाहरूलाई
कुठाराघात पुगेको जीएसएसका साङ्गठनिक सचिव लोप्साङ लामा अनि राष्ट्रिय कोषाध्यक्ष उत्तम कुमारले
बिज्ञप्तीमा बताएका छन्।
‘अब एस.एस आहलुवालियाले हरहालतमा बताउनुपर्छ प्रमाण सहित
साझा उम्मेद्वारहरु मध्ये को को विदेशी नागरिक हुन् अनि नेपालमा जन्मेका हुन?
यदि श्री आहलूवालियाले प्रमाण नदीएको खण्डमा सारा भारत
वर्षमा जबरजस्त आंन्दोलन चलाइने छ’ जीएसएसका साङ्गठनिक सचिव लोप्साङ लामा अनि राष्ट्रिय
कोषाध्यक्ष उत्तम कुमारले अझ भनेका
छन् –‘आहलुवालियाले तुरन्त यसको जवाब दिनुपर्छ। साथै आहलुवालीयालाई सांसद बनाउने
दल किन चुप? सम्पूर्ण भारतका गोर्खाहरुले यसको जोड़ तोड़ले बिरोध गर्नु पर्छ।’
यसैक्रममा जीएसएसले सांसद एसएस आहलुवालीयाले सम्पूर्ण
भारतीय गोर्खाहरू समक्ष माफी माग्नुपर्ने पनि माग गरेका छन्। ‘आहलुवालियाले
समपूर्ण भारतीय गोर्खाहरु समक्ष शिर झुकाएर लिखित रुपमा माफी माग्नुपर्छ’ लोप्साङ लामा अनि उत्तम कुमारले
भनेका छन्।
No comments:
Post a Comment