यसपालिको भोट भावनाले होइन विवेकले दिनुहोस्- विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, March 13, 2019

यसपालिको भोट भावनाले होइन विवेकले दिनुहोस्- विनय तामाङ

गफसफ.com , दार्जीलिङ, 13 मार्च।
‘10 वर्षपछि दार्जीलिङ पहाड़बाट लोकसभा चुनाउको निम्ति भूमिपुत्र प्रार्थीले दार्जीलिङ पहाड़को संसदीय क्षेत्रबाट चुनाउ लड़्ने मौका पाएका छन्। 10 वर्षसम्म लगातार टुरिस्ट सासंदलाई संसदमा हुलेर दार्जीलिङ पहाड़को जनताले उपलब्धिको रूपमा केवल दुःख, कष्ट अनि अशान्तिमात्रै पाए। फोस्रो आश्वासनको भरमा दार्जीलिङ पहाड़ले 10 वर्षको अन्तरालमा धेरै कुरा गुमायो तर टुरिस्ट सासंदहरूले रमितामात्रै हेरिरहे’ उक्त कुरा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले एक प्रेस विज्ञप्ती जारी गरेर भनेका हुन्।

‘जसलाई हामीले भरोसा गरेर दिल्लीको सर्वोच्च सदनमा पठायौं उनीहरूले नै हाम्रो नागरिकतामाथि प्रश्न उठाए। हाम्रो राष्ट्रिय सुरक्षा अनि चिह्नारीको निम्ति बोलिदन्छन् भनेर विश्वास गरेका टुरिस्ट सासंदहरूले नै उल्टै हाम्रो राष्ट्रियतामाथि प्रश्न उठाए’ तामाङले भनेका छन्।
उनले जारी गरेको प्रेस विज्ञप्तीमा अमरसिहँ राईले दार्जीलिङ पहाड़को शैक्षिक, सामाजिक, आर्थिक क्षेत्रको विकासमा निरन्तर कार्य गरिरहेको दाबी पनि गरेका छन्। यसक्रममा अमरसिंह राईले गरेका कार्यहरूको विवरण समेत प्रस्तुत गरेका छन्। तामाङले वर्तमान लोकसभा प्रार्थी अमरसिँह राईले दार्जीलिङमा पिउने पानी समाधान गर्न महत्वपूर्ण कार्य गरेको बताउँदै हाल राईको नेतृत्त्वमा दार्जीलिङ नगरपालिकाले कूल 205 करोड़को  लागतमा कार्य चलिरहेको बताएका छन्। 
यसका साथै उनकै नेतृत्वमा सोलिड वेस्ट म्यानेजमेन्ट परियोजना पास भएर निर्माण कार्य चलिरहेको, सिञ्चेल लेकमा सुरक्षा बारको निर्माण लगायत शहर सुन्दरीकरण, स्ट्रीट लाइन जड़ान तथा स्वच्छ दार्जीलिङ अभियान लगायत थुप्रै कार्यहरू भएको दाबी गरेका छन्। यस लगायत उनी बिधायक बनेपछि दार्जीलिङ पहाडको समस्यालाई सरकारसमक्ष राख्न सफल बनेको पनि तामाङले बिज्ञप्तिमा दाबी गरेका छन्। सोहिक्रममा उनले दार्जीलिङ पहाड़को निम्ति एउटा छुट्टै युनिभर्सिटी हुनुपर्ने मागलाई अमरसिहँ राईले विधानसभा सदनदेखि लिएर मुख्यमन्त्री ममता व्यानर्जीसितै विभिन्न मन्त्रीहरू सामु पनि बारम्बार उठान गरेको अनि जसको फलस्वरूप दार्जीलिङ पहाड़को निम्ति दार्जीलिङ हिल युनिभर्सिटी-को स्थापना गर्ने पक्कापक्की भइसकेको पनि विनय तामाङले दाबी गरेका छन्।
‘बीओए गठन भएपश्चात् अमरसिहँ राई शिक्षा विभाग प्रभारी रहेदेखि 1 वर्षको अन्तरालमा निम्न उच्च, उच्च एवं उच्चत्तर माध्यमिक विद्यालयहरूमा कूल लगभग 1 हजार 1 सय 87 जना स्वयँसेवी शिक्षक/शिक्षिकाहरूलाई नियुक्ति प्रदान गरिसकिएको छ। यसबाहेक 429 जना उच्च- उच्चत्तर विद्यालयका शिक्षकहरूको नियुक्तिपछि थाँतीमा रहेको कन्फर्मेशन लेटर पनि श्री राईको पहलमा नै प्रदान गरियो भने  हालैमा प्राथमिक पाठशालाहरूका 121 जना स्वयँसेवी शिक्षक/शिक्षिकाहरूको पनि नियुक्ति गरिएको छ’ तामाङले आफ्नो विधायक अमरसिँहको उपलब्धीहरूबारे बताएका छन्।
उनले हालमा दार्जीलिङ पहाड़का कतिपय राजनैतिक दलहरूले अमरसिहँ राईको यी कार्य योगदान अनि कार्य क्षमतालाई नजरअन्दाज गरेर आधारहीन अनि हास्याँस्पद टीका- टिप्पणीहरू गरिरहेको पनि बताएका छन्। ‘आजसम्म आफ्नो प्रार्थीसमेत घोषणा गर्न नसक्ने ती राजनैतिक दलहरूलाई व्यर्थको टीका-टिप्पणीमा समय फ्याक्नुभन्दा आफ्नो प्रार्थीलाई जनतासमक्ष सार्वजनिक गरिने सुझाउ म दिन्छु। पहाड़को जनता आफैले प्रार्थीको योग्यता अनि क्षमता हेरेर आफ्नो भोट खसाल्नेछ। व्यर्थको टीका- टिप्पणी गरिरहनुभन्दा उनीहरूमा क्षमता छ भने अमरसिहँ राईभन्दा योग्य व्यक्ति प्रार्थीको रूपमा जनतासामु ल्याएर देखाउन् भन्ने हामी उनीहरूलाई चुनौती पनि दिँदछौं’ विनय तामाङले भनेका छन्।
गोजमुमो पार्टीका विधायक रहेका अमरसिँह राईलाई तृणमूल कङ्ग्रेस पार्टीको टिकटमा लोकसभा प्रार्थी बनाइएकोमा पनि तामाङले आफ्नो स्पष्टिकरण दिएका छन्। उनले लोकसभा चुनाउ भनेको दार्जीलिङ पहाड़का 3 वटा अनि समतल क्षेत्रका 4 वटा संसदीय क्षेत्रलाई लिएर हुने भएको कारन दुर्दर्शी सोँचकै आधारमा उनलाई प्रार्थी बनाएको बताएका छन्।
‘राजनैतिक दूरदर्शी सोँच अनि परिपक्व राजनीतिको फलस्वरूप हामीले भूमिपुत्र अमरसिहँ राईलाई राष्ट्रीय राजनैतिक दल तृणमूल कंग्रेसको चुनाव चिह्नमा प्रार्थी बनाएका हौं, जसले पहाड़- समतल सबैक्षेत्रमा तेस्रो मोर्चाको निम्ति हितकर साबित बन्नेछन्। गोर्खे भूमिपुत्र अनुहार यसपालि दिल्लीको संसदमा तेस्रो मोर्चाको बलियो साथ लिएर प्रवेश गर्नेछन् र भाजपालगायत गोर्खा विरोधी तत्वहरूलाई गोर्खाको परिचय दिनेछन्’ विनय तामाङले भनेका छन्।
‘गोजमुमोको भूमिपुत्र प्रार्थी तेस्रो मोर्चाको सबैभन्दा सबैभन्दा शक्तिशाली राष्ट्रीय राजनैतिक दलबाट सासंद बनिनु भनेको गोर्खाहरूको निम्ति एउटैमात्र सासंद लोकसभा सदनमा पुग्नु होइन तर तेस्रो मोर्चाभित्रका सशक्त राजनैतिक दलहरूको अन्य सांसदहरू पनि हाम्रो आवाज बनिनु हो। यसैले यसपालिको लोकसभा चुनाउपछि गोर्खाहरूको राष्ट्रीय सुरक्षा अनि विकास व्यवस्थापनको मुद्दामा केवल एकजना सासंद होइन तर तेस्रो मोर्चाका धेरै सांसदहरूको साथमा लोकसभा सदनमा प्रवेश गर्नेछन्। हाम्रो आवाज एक सासंदले होइन तर धेरैजना सासंदहरूले उठान गर्नेछन्, यो पनि हाम्रो रणनीति हो। हामीले पूर्ण बौद्धिकता, राजनैतिक परिपक्वता अनि रणनीतिको साथमा उक्त माहौल तयार पारेका छौं’ विनय तामाङले थप भनेका छन्।
यसैक्रममा उनले भारतीय जनता पार्टीप्रति पनि कटाक्ष प्रहार गर्न पछि परेका छैनन्। उनले भाजपालाई प्रहार गर्दै भनेका छन् –‘तपाईको एक भोट यसपालि हाम्रो इच्छा, आकांक्षा अनि सपनाहरूमाथि घात गर्ने, हाम्रो नागरिकता अनि राष्ट्रभक्तिमाथि प्रश्न खड़ा गर्ने भाजपालाई जवाब अनि दार्जीलिङ पहाड़लगायत समग्र गोर्खाहरूको सुरक्षा अनि सुन्दर भविष्यको ढोका खोल्ने चाबी पनि साबित हुनेछ। यसैले यसपालिको भोट भावनाले होइन विवेकले दिनुहोस्’

No comments:

Post a Comment

Post Bottom Ad