जन आन्दोलन पार्टी अध्यक्षको घर समर्थकहरूद्वारा घेराउ; डा. हर्कबहादुर छेत्रीले भने –‘समर्थकहरूले नाक-नाकमा घुस्सा ल्याउँदैछन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, March 14, 2019

जन आन्दोलन पार्टी अध्यक्षको घर समर्थकहरूद्वारा घेराउ; डा. हर्कबहादुर छेत्रीले भने –‘समर्थकहरूले नाक-नाकमा घुस्सा ल्याउँदैछन्’

गफसफ.com, कालेबुङ, 14 मार्च।  
यो लोकसभा आसनको दौडमा जन आन्दोलन पार्टी आजदेखि छैन। अर्थात् हामी बाहिरिन्छौँ। शुभकामना दिन्छौँ सबैलाई अनि सबैकोमा सत्-बुद्धी आओस् र उनीहरूले एउटा राम्रो उम्मेद्वारको सर्वसहमितिमा पुगुन् अनि निष्कर्ष निकालुन्। पहाडका जनताले फेरि एकचोटी धोका नपाओस्’- डा. हर्कबहादुर छेत्रीले हिजै मात्र उक्त बयान दिँदै साझा उम्मेद्वारको बाटोबाट आफु अनि आफ्नो दल जन आन्दोलन पार्टीलाई बाहिरिएको घोषणा गरेका हुन्। डा. हर्कबहादुर छेत्रीले आगामी लोकसभा चुनावमा साझा उम्मेद्वारको दौडबाट आफु अनि आफ्नो पार्टी बाहिरिएको घोषणा गरेको 24 घण्टा बित्न नपाई आफ्नो बयान फिर्ता लिएका छन्।
डा. हर्कबहादुर छेत्रीले साझा उम्मेद्वारको चुनावी दौडबाट आफु अनि आफ्नो पार्टीलाई बाहिरिएको घोषणा गरेपछि आज विभिन्न ठाउँहरूबाट पार्टीका कार्यकर्ताहरू आएर डा. छेत्रीको घर सम्भवत: घेराव नै गरे। धेरै संख्यामा भेला भएका जाप पार्टी कार्यकर्ताहरूले यस अवधी डा. छेत्री जिन्दावादको नाराबाजी पनि लगाए भने उनलाई आगामी लोकसभा चुनावमा खडा हुने खुल्ला आह्वान समेत गरे। समर्थकहरूले पार्टी अध्यक्ष डा. छेत्रीलाई आगामी लोकसभा चुनावमा प्रार्थीको रूपमा खडा हुने आह्वान गर्दै उनलाई बिजयी बनाउने दाबी पनि गरे।
“समर्थकहरूले नाक-नाकमा घुस्सा ल्याउँदैछन्”
यसैक्रममा डा. हर्कबहादुर छेत्रीले गफसफ.com – को विशेष कुराकानीमा समर्थकहरूले आफ्नो नाक-नाकमा घुस्सा ल्याएको पनि बताए।  आफुले हिज दिएको बयानपछी आफ्नो घरमा विभिन्न ठाउँहरूबाट समर्थकहरू आएको बताउँदै भने –‘अहिले मेरो घरमा हिजदेखि नै नाक-नाकमा घुस्सी ल्याउने मान्छेहरू आइरहेका छन्। समर्थकहरूले हामीलाई आधाबाट छोडेर के गरेको भन्छन्।’ उनले घरमा आएर नाक-नाकमा घुस्सा ल्याउनेहरूले वास्तवमा के भन्न खोजेका हुन् भन्ने कुराको भने खुलस्त पारेनन्।
एकता नबिग्रोस भन्ने चाहना हो
‘जाप चुनावदेखि बाहिरिएको होइन केवल प्रार्थी चयनको प्रक्रियाबाट बाहिर बसेका हौँ। हामी प्रार्थीको दौडमा छैनौँ तिमीहरूले जसलाई छान्छौ उसैलाई सहयोग गर्नेछौँ भनेका हौँ। यदि उनीहरूले भोलिको दिनमा जापको प्रार्थी नै हुनपर्छ भन्छ भने हामी निश्चय नै निस्कनेछौँ’ डा. हर्कबहादुर छेत्रीले भने। यसक्रममा उनले साझा प्रार्थीको निम्ति बनिरहेको एकता नबिग्रोस भन्ने चाहना राखेको पनि दाबी गरेका छन्।
यसैक्रममा उनले जापसँग लोकसभा चुनावको निम्ति प्रार्थी नभएको अनि क्रामाकपा र गोरामुमोसँग प्रार्थी रहेको कारण उनीहरूलाई नै प्रार्थीको निम्ति सहमती बनिन सजिलो होस भने आफुहरू बाहिरिएको पनि खुलाएका छन्।
जन आन्दोलन पार्टीसँग प्रार्थी थिएन
‘तीनवटा पार्टीहरूमाझ मिलेर एउटा सर्वसहमतिमा प्रार्थी चयन गर्ने हाम्रो सुरुदेखिको प्रयास हो। हामीसँग कुनै प्रार्थी थिएन अनि त्यसमा दुईवटा पार्टीहरू (क्रामाकपा अनि गोरामुमो) सँग प्रार्थी थियो। हामीमाझ आम सहमति बन्न नसकेको कारण नै मैले जापको कुनै प्रार्थी नभएको कारण त्यस प्रार्थी चयनको प्रक्रियादेखि बाहिर निस्केको घोषणा गरेको हुँ। अब ती दुईवटा पार्टीहरू मिलेर सहमतिमा एउटा प्रार्थी चयन गरे त्यस प्रार्थीलाई जापले समर्थन गर्नेछ। अर्थात् जन आन्दोलन पार्टी चुनावी दौडबाट बाहिरियो भन्ने होइन तर दुईवटा दलहरू मिलेर ल्याएको प्रार्थीलाई हामी समर्थन गर्नेछौँ’ डा. हर्कबहादुर छेत्रीले हिज आफैले दिएको बयानलाई सुधार्दै भने।
क्रामाकपा र गोरामुमो सहमती बने जापले सघाउनेछ
उनले यसक्रममा यदि दुईवटा राजनैतिक दलहरू मिलेर जापबाटै प्रार्थी दिनुपर्छ भन्ने प्रस्ताव आए त्यसलाई पनि बिचार गर्ने अथवा क्रामाकपा वा गोरामुमो पार्टीकै प्रस्तावित प्रार्थीमा सहमति बने त्यसमा समर्थन गर्ने बाटोहरू पनि खुल्ला रहेको बताएका छन्। यसक्रममा उनले सबैभन्दा ठूलो कुरा साझा प्रार्थीको कुरा गर्नेहरूमा नै आम सहमति बनिने पर्ने भएको कारण अनि जापसँग प्रार्थीको प्रस्ताव नरहेको कारण साझा प्रार्थी चयनमा सहज होस बनेर आफुहरू त्यहाँबाट बाहिरिएको घोषणा गरेको पनि डा. छेत्रीले स्पष्टिकरण दिएका छन्।

1 comment:

Post Bottom Ad