लोकसभा चुनावमा साझा प्रार्थीको दौडबाट जाप बाहिरिएको घोषणा पार्टीभित्रनै सुझबुझको अभाव; शिर्ष नेताले भने –‘डा. छेत्रीले आफ्नो बयान फिर्ता लिनसक्नेछन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, March 13, 2019

लोकसभा चुनावमा साझा प्रार्थीको दौडबाट जाप बाहिरिएको घोषणा पार्टीभित्रनै सुझबुझको अभाव; शिर्ष नेताले भने –‘डा. छेत्रीले आफ्नो बयान फिर्ता लिनसक्नेछन्’

गफसफ.com , कालेबुङ, 13 मार्च।
17 औँ लोकसभा चुनाव घोषणा भएपछि चुनाव आचर संहिता लागु भइसकेको छ। चुनाव आचारसंहिता लागु सँगै दार्जीलिङ पहाडबाट क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले आर.बी राई अनि तृणमूल कङ्ग्रेसले गोर्खा जनमुक्ति मोर्चाका विधायक अमरसिँह राईलाई तृणमूल प्रार्थीको रूपमा घोषणा गरिसकेको छ। यस्तो अवस्थामा तृणमूल कङ्ग्रेस विरोधी अनि भारतीय जनता पार्टी विरोधीहरू साझा उम्मेद्वारको निम्ति एकाधिक निष्कर्षविहिन वैठकहरू गर्ननै व्यस्त छन्। यद्यपी साझा सहमतिमा अहिलेसम्म साझा प्रार्थी घोषणा गर्न सकिरहेको छैन।
Dr. Harka Bahadur Chhetri - File Photo
साझा प्रार्थीको वकालती गर्ने राजनैतिक दलहरू मध्ये क्रामाकपाले साझा प्रार्थीको सहमती नबनिएकै कारण आर.बी राईलाई प्रार्थी घोषणा गरिसकेको छ। यद्यपी क्रामाकपाले अन्तिम समयसम्म राम्रो प्रार्थी हेर्ने अनि योग्य प्रार्थी पाएको खण्डमा आफुहरू उम्मेद्वारिता फिर्ता गरेर सहयोग गर्ने बाटो पनि खुल्ला राखेको छ। यस्तो अवस्थामा आज पुन: साझा प्रार्थीको वकालती गर्दै आइरहेको जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले पनि साझा उम्मेद्वारको चुनावी दौडबाट आफुसँगै पार्टी बाहिरिएको घोषणा गरेका छन्। जुन घोषणाले साझा उम्मेद्वारको आम सहमति बन्ने सम्भावना अझ क्षीण भएर गएको छ।
जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले आगामी लोकसभा चुनावमा आफु अनि आफ्ना पार्टी साझा उम्मेद्वारको दौडबाट बाहिरिएको घोषणा पछि पार्टीकै एकजना नेताले डा. छेत्रीले उक्त बयान भुलबुझाबुझको कारणले दिएको हुनसक्ने बताएका छन्। ‘साझा प्रार्थीको पक्षमा हामी छौँ। हामी एकार्कमाझ साझा प्रार्थी बनाएर सबैको आम सहमतिमा योग्य प्रार्थी चुनौँ भन्ने पक्षमा कार्य गरिरहेका छौँ तर त्यस प्रार्थी चयनको निम्ति भने हामीले बाटो पूर्णरूपले खुल्ला राखेका छौँ। आम सहमतिमा नै एकजना प्रार्थीको सहमति बनियोस भन्ने हाम्रो धारणा हो’ जन आन्दोलन पार्टीका शिर्षस्थ नेताले भने। उनले डा. छेत्रीले दिएको बयान कुनै भुल बुझाईको कारणले दिएको हुनसक्ने बताउँदै त्यस बयानलाई फिर्ता लिनसक्ने सम्भावना पनि प्रकट गरेका छन्। 
‘साझा प्रार्थीको निम्ति साझा सहमती बनिने क्रममा धेरै प्रगति भइसकेको छ। हामीले एकार्कमा बसेर आम सहमति निर्माण गर्न कार्य गरिरहेका छौँ। साझा प्रार्थीको पक्षधर अन्य पार्टीहरूले पनि सकारात्म रूपमा नै कार्य गरिरहेका छन्। दैनिक यसबारे प्रगति भइरहेको छ’ जन आन्दोलन पार्टीका नेताले भने। यस्तो अवस्थामा डा. छेत्रीको बयानले भ्रान्ति सिर्जना हुनसक्ने बताउँदै त्यस बयानलाई फिर्ता लिनसक्ने उनले सम्भावना व्यक्त गरेका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad