सन्त अगष्टिन विद्यालयद्वारा वार्षिक पुरस्कार वितरण समारोह पालन; फादर जेराड लेप्चाले भने –‘विद्यार्थीवर्गलाई मोबाइल प्रयोगमा प्रोत्साहन दिनुहुँदैन’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 16, 2019

सन्त अगष्टिन विद्यालयद्वारा वार्षिक पुरस्कार वितरण समारोह पालन; फादर जेराड लेप्चाले भने –‘विद्यार्थीवर्गलाई मोबाइल प्रयोगमा प्रोत्साहन दिनुहुँदैन’

गफसफ.com, कालेबुङ, 16 मार्च।
सन्त अगष्टिन विद्यालयले आज वार्षिक पुरस्कार वितरण समारोह कार्यक्रममा वर्ष 2018-19-का निम्ति श्रीराज छेत्रीलाई एकाडमिक एक्सिलेन्स, गणपति कुमार शलाई जेनेरल प्रोफेसेन्सी अनि कोचपरित बुरीवङलाई बेस्ट स्पोर्ट्समेनको अवार्ड प्रदान गर्दै विद्यालयको पक्षबाट ‘ब्लू-कोट’ प्रदान गरेर सम्मानित गरेको छ। विद्यालयको प्राङ्गनमा आयोजित कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रेभरेन फादर योजन डेभिड राई अनि प्रचार्य फादर जेराड लेप्चाको बाहुलीबाट उक्त विद्यार्थीवर्गलाई सम्मान जनाइएको हो।

कार्यक्रममा स्वागत सम्बोधन राख्दै विद्यालयका प्रचार्य फादर जेराड लेप्चाले सन्त अगष्टिन विद्यालयको ढोका सबैका निम्ति खुल्ला रहेको बताउँदै प्रत्येक अभिभावकर्गले प्राचार्यलाई कुनैपनि समय आएर आ-आफ्नो समस्या राख्न सक्ने बताए। ‘हामी मिलेर एउटा राम्रो समाजको निर्माण गरिरहेका छौँ। यो राम्रो समाजको निर्माणमा सबै अभिभावकवर्गको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको छ। तपाईँहरूकै सहयोगले आज सन्तअगष्टिन विद्यालयले प्रगति गर्न सकिरहेको छ। यसकारण प्रत्येक अभिभावकवर्गले विद्यालयमा विद्यार्थीवर्गको समस्या मात्र हो आफ्नो समस्याहरू पनि आएर प्राचार्यलाई भेटेर राख्न सक्नेछन्। यहाँ प्राचार्यलाई भेट गर्न कुनै नियुक्ति लिन पर्दैन। तपाईँहरूकै सहयोगले हामी छौँ यसकारण हामी तपाईँहरूको सहयोगका निम्ति सधैँ खुल्ला ढोका राखेर बसेका छौँ’ प्राचार्य फादर जेराड लेप्चाले भने।

उनले विद्यालयले गरेको उन्नती केवल विद्यालयको मात्र उन्नती नभएर समाजको उन्नती भन्दै सबैपक्षबाट अभिभावकवर्गको भूमिका हुनपर्ने पनि आह्वान गरे। यसैक्रममा उनले आजको तक्निकीको समयमा विद्यार्थीवर्ग विशेष गरेर मोबाइल फोनको प्रयोगमा लागेको भन्दै अभिभावकवर्गले आफ्ना नानीहरूलाई मोबाइल फोनको मनपरी उपयोग गर्न नदिनुपर्ने अपिल पनि गरे। ‘विद्यालयमा विद्यार्थीहरू पढ्नका निम्ति आउँछन्। विद्यालयमा पहिलो कार्यनै अध्ययन अध्यापन हो। यसकारण अभिभावकवर्गले विद्यालय आउने नानीहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रोत्साहन दिनु हुँदैन’ प्राचार्य फादर जेराड लेप्चाले भने।

यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिका रूपमा उपस्थित रहेका रेभरेन फादर योजन डेभिड राईले सफलता प्राप्तगर्नका निम्ति चोरबाटो हिँड्न नहुने बताएका छन्। “जीवनमा सफलता प्राप्त गर्नका निम्ति विद्यार्थीवर्गले कठोर परिश्रम गर्नैपर्छ। चोरबाटो हिँडेर हामीले सफलता पाउन सक्दैनौँ” रेभरेन फादर डेभिड राईले भने। उनले विद्यार्थीवर्गलाई अध्ययनको निम्ति प्रोत्साहन प्रदान गर्दै कठोर प्ररिश्रम गरेर पाएको सफलताले जीवनमा आनन्द प्राप्ती हुने पनि बताएका छन्। ‘परिश्रम गर्ने बानीले हामीलाई सफलताको मार्गमा अग्रसर गराउँछ। परिश्रम गर्न गाह्रो निश्चय होला तर त्यहीँ गाह्रो कार्यलाई हामीले पुरा गरेर सफलता पाउँदा आनन्दित बन्छौँ। यसकारण प्रत्येक विद्यार्थीवर्गले सफलता पाउन परिश्रम गर्नैपर्छ’ रेभरेन फादर डेभिड राईले भने।

प्राथमिक खण्डका विद्यार्थीवर्गद्वारा स्वागत गीत प्रस्तुत पछि सुरु भएको कार्यक्रमको पहिलो चरणमा प्राथमिक खण्डका विद्यार्थीवर्गलाई  पुरस्कार वितरण गरिएको थियो। वितेको वर्ष आ-आफ्नो श्रेणीमा प्रथम, दोस्रो अनि तेस्रो बनेका प्राथमिक खण्डका विद्यार्थीवर्गलाई विद्यालयका प्राचार्य फादर जेराडको बाहुलीबाट पुरस्कारसँगै प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमको दोस्रो चरणमा भने सेकण्डरी खण्डका विद्यार्थीवर्गहरूमा छैटौँ कक्षादेखि बाह्रौँ कक्षासम्म प्रथम, दोस्रो अनि तेस्रो बनेका विद्यार्थीवर्गलाई प्राचार्य फादर जेरार्ड लेप्चाको बाहुलीबाट पुरस्कार अनि प्रमाण पत्र वितरण गरिएको थियो भने सम्बन्धित श्रेणीका शिक्षक प्रभारीले सम्मानित विद्यार्थीवर्गका अभिभावकवर्गलाई खदा लगाएर सम्मान जनाएका थिए।  
विद्यालयको प्राङ्गनमा सम्पन्न उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा रेभरेन फादर योजन डेभिड राई उपस्थित रहेका थिए। यसका साथै विशिष्ट अतिथिका रूपमा प्राचर्य फादर जेराड लेप्चा, उप-प्राचार्य फादर डा. भिक्टोर फर्नान्डिस, फादर डेरिक डेसुजा, प्राथमिक खण्डकी प्राचार्य सेरिना नाम्चु (सिटलिङ) उपस्थित रहेकी थिइन्। यसका साथै कार्यक्रममा अभिभाववर्ग पनि विशेष रूपले उपस्थित रहेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad