तृणमूल-गोजमुमोद्वारा लोकसभा प्रार्थी अमरसिँह राईलाई भव्यस्वागत; विनय तामाङले भने–ढेड लाख भोटले जित्नेछौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, March 14, 2019

तृणमूल-गोजमुमोद्वारा लोकसभा प्रार्थी अमरसिँह राईलाई भव्यस्वागत; विनय तामाङले भने–ढेड लाख भोटले जित्नेछौँ’

गफसफ.com, दार्जीलिङ, 14 मार्च।  
तृममूल कङ्ग्रेसको टिकटमा दार्जीलिङ लोकसभा आसनबाट प्रार्थी बनेका अमरसिँह राईलाई भव्य स्वागत गरिएको छ। गोजमुमो अध्यक्ष विनय तामाङकै साथमा बाघडोग्रा बिमानस्थल हुँदै फर्केका राईलाई स्वागत गर्न तृणमूल कङ्ग्रेस अनि गोजमुमो पार्टीका कार्यकर्ताहरू बाघडोग्रा हवाई अड्डा परिसरमा नै व्यापक रूपले भेला भएका थिए। यस अवसरमा समर्थकहरूले “अमरसिँह राई जिन्दावाद”-को जोडदार नाराबाजी पनि लगाइएओ थियो।

भव्य स्वागतबिच दार्जीलिङ आइपुगेका राईलाई बाटोमा पनि मानिसहरूले जोडदार स्वागत जनाएका थिए। यसैक्रममा दार्जीलिङमा पनि उनलाई गोजमुमो समर्थकहरूले् भव्य स्वागत जनाए। पार्टी कार्यकर्ताहरूले लोकसभा प्रार्थी राईको भव्य स्वागत गरेपछि यता गोजमुमो पार्टी अध्यक्ष विनय तामाङले आगामी चुनावामा 2 लाख भोटले विजयी हुने पनि दाबी गरेका छन्।
पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो अध्यक्ष विनय तामाङले यसपालीको लोकसभा चुनाउमा गोजमुमो र तृणमूल कंग्रेसको राजनैतिक प्रेम भएको बताए। ‘गोजमुमोले 8 वटा मागको साटो यसपाली पार्टीका उम्मेद्वारलाई तेस्रो मोर्चाका प्रार्थी बनाउने निर्णय लिएको हो। जुन मागलाई केन्द्रमा तेस्रो मोर्चाको सरकार गठन भए पूर्ण गरिदिने वचन पनि दिइएको छ’ विनय तामाङले भने।
पार्टीले सर्वप्रथम भारतमा गोर्खा जातिको चिन्हारी अनि सुरक्षा हुनपर्ने, पर्जा-पट्टा दिनुपर्ने, गोर्खा जातिलाई भाषिक अल्पसंख्यकको मर्यादा दिनुपर्ने, जीटीएलाई संवैधानिक मान्यता दिनुपर्ने, चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू गर्नुपर्ने माग तेस्रो मोर्चालाई राखेको उनले जानकारी गराएका छन्। यसक्रममा देशमा गठन भएको तेस्रो मोर्चाले केन्द्रमा सरकार गठन गरे उक्त मागहरू पूर्ण गरिदिने वचन दिएको पनि तामाङले दाबी गरेका छन्।  
‘यसअघिसम्म हामीले डेढ लाख बेसी भोटले हाम्रा उम्मेद्वारको जीत हुने अनुमान लगाएका थियौं। तर आजको भीड हेर्दा यस स्थानबाट देशका प्रधानमन्त्री नरेन्द्र मोदी नै उम्मेद्वार भएर खडा भए पनि 2 लाखभन्दा अधिक भोटले हाम्रा उम्मेद्वारको जीत हुनेछ’ तामाङले भने।
यसैबीच, उनले अमरसिंह राईले आगामी 26 मार्चको दिन मनोनयन पत्र दर्ता गर्ने तय गरिएको पनि जानकारी पनि दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad