अब पहाडका नानीहरूले यहाँ नै आईटी अध्ययन गर्न सक्नेछन्, यो हाम्रो ठूलो उपलब्धी हो – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 10, 2019

अब पहाडका नानीहरूले यहाँ नै आईटी अध्ययन गर्न सक्नेछन्, यो हाम्रो ठूलो उपलब्धी हो – विनय तामाङ

गफसफ.com , कालेबुङ 9 मार्च।
‘झगडाले केवल ध्वंशमात्रै गर्छ तर कुनै राम्रो रूप दिएको इतिहास छैन। अहिले पहाडमा शान्ति छ त्यसैकारण आज पहाडमा प्रगति भइरहेको छ’ उक्त कुरा जीटीए बोर्ड अध्यक्ष विनय तामाङले आईटी पार्कको उद्घाटन समारोहमा भनेका हुन्।

पश्चिम बङ्गाल सरकाको इन्फरमेशन टेक्नलोजी एन्ड इन्फरमेशन डिपार्टमेन्टद्वारा निर्माण गरिएको उक्त पार्क कोलकोतामा मुख्यमन्त्रीसँग गत 7 मार्चका दिन वैठक गरेको लग्गत्तैपछि उद्घाटन गरिएको हो। मुख्यमन्त्रीकै उक्त भेटघाटमा आईटी पार्क उद्घाटनको निर्देश दिएपछी उक्त उद्घाटन गरिएको विनय तामाङले जानकारी गराउँदै उक्त कार्यको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद पनि दिएका छन्।
हालमा कालेबुङको 11 माइलमा उद्घाटन गरिएको उक्त पार्क पछी हिलटपमा निर्माण गरिने भएको छ। यसक्रममा उनले दार्जीलिङमा पनि उक्त आइटी पार्क निर्माण गरिने जानकारी दिएका छन्। उनले कालेबुङमा मोठ 1.21 ऐकरमा आईटी पार्क निर्माण हुने जानकारी गराउँदै जसको मोठ लागत खर्च 35 करोड 10 लाख हुने भएको पनि बताएका छन्। मोठ 55 हजार स्क्वायर फिटमा निर्माण हुने उक्त आईटी पार्कको भवन 6 तल्ले हुने पनि तामाङले बताएका छन् भने उक्त आईटी पार्कको निर्माणले रोजगारको अवसर पर्याप्त सिर्जना हुने पनि बताएका छन्।
‘आईटीमा रूची राख्नेहरू अहिलेसम्म कोलकोता, दिल्ली लगायत यहाँबाट बाहिर गएर नै अध्ययन गर्न पर्थ्यो। तर, अब कालेबुङमा यो आईटी पार्कको निर्माणले यहाँका मानिसहरूले आईटीको लाभ उठाउन सक्नेछन्’ विनय तामाङले भने। यसक्रममा उनले मुख्यमन्त्रीले दार्जीलिङमा पनि आईटी पार्क निर्माणको निम्ति स्वीकृती दिएको बताएका छन्।

1 comment:

  1. When will the construction be finished...or just dirty politics talks by a politician with insincerity and apathy.. i.e binay tamang,one of the sucker of mamata banerjee's stinky ass...

    ReplyDelete

Post Bottom Ad