लोकसभा चुनाव 2019: एनजीसीले डाकेको वैठकमा पनि साझा उम्मेद्वारको निम्ति बनिएन कुनै सहमती - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 18, 2019

लोकसभा चुनाव 2019: एनजीसीले डाकेको वैठकमा पनि साझा उम्मेद्वारको निम्ति बनिएन कुनै सहमती

गफसफ.com, सिलगडी, 17 मार्च।
नेशनल गोर्खाल्याण्ड कमिटि (एनजीसी) ले लोकसभा चुनावमा दार्जीलिङ संसदीय क्षेत्रबाट साझा प्रार्थीको निम्ति सबै राजनैतिक दलहरूमा आम सहमति बनाउने डाकेको वैठकले पनि साझा उम्मेद्वारको निम्ति सहमति बनाउन सकेन। जसको कारण एनजीसीले आगामी 20 मार्चको दिन दार्जीलिङमा पुन: एकचोटी वैठक डाकेको छ भने वैठकमा चुडान्त निर्णय लिन सबै राजनैतिक दलका अध्यक्षवर्गलाई अनिवार्य रूपले उपस्थित बन्नुपर्ने आग्रह गरेको छ।

लगभग दुईघण्टासम्म चलेको सर्वदलित वैठकले साझा प्रार्थीको पक्षमा कुनै निर्णय लिन नसकेपछि आखिरमा सर्वसहमतिले आगामी 20 मार्चका दिन दार्जीलिङमा पुन: वैठक डाकिने अनि उक्त वैठकमा सबै राजनैतिक दलका शिर्ष नेताहरूलाई उपस्थित बनेर अन्तिम निर्णय लिनुपर्ने बताइएको छ।
दार्जीलिङ संसदीय क्षेत्रबाट यसपल्ट भाजपा अनि तृणमूल कङ्ग्रेस विरोधी शक्तिहरू मिलेर छुट्टै राज्य गोर्खाल्याण्ड गठनको पक्षमा साझा प्रार्थी खडा गर्नुपर्ने बताए पनि साझा पार्थीको वकालती गर्नेहरूमाझमा नै खटपट चलिरहेको छ। जसको कारण अहिलेसम्म अन्तिम निर्णय लिन नसक्दा आखिरमा एनजीसीले पहल गरेको हो। एनजीसीले गरेको आजको वैठक पनि खासै लाभदायक हुन सकेन भने सबै राजनैतिक दलहरूले साझा प्रार्थीको निम्ति सहमती बनाउनुपर्ने आग्रह नै गरिरहेका थिए। यद्यपि साझा प्रार्थीको आग्रह गर्नेहरूमाझमा नै प्रार्थीलाई लिएर मतभिन्नता हुँदा वैठक निष्कर्षविहिन हुँदै आएको हो।
वैठकपछि एनजीसीका उपाध्यक्ष त्रिलोक देवानले सम्बोधन गर्दै साझा प्रार्थीको खडा गर्नका निम्ति सबै राजनैतिक दलहरूमाझ एकता ल्याउने प्रयास गरिरहेको बताउँदै सबैले नै साझा प्रार्थीको निम्ति एकबन्नुपर्ने कुरामा नै जोड दिएको बताए। यद्यपी आजको वैठले कुनै निष्कर्ष निकाल्न नसक्दा आगामी 20 मार्चको दिन दार्जीलिङ पुन: वैठक डाकेको अनि त्यस वैठकले नै अन्तिम निष्कर्ष निकाल्ने पनि देवानले बताएका छन्।
यसक्रममा अन्य राजनैतिक दलका प्रतिनिधीवर्गले पनि पत्रकारहरूलाई सम्बोधन गर्दै साझा प्रार्थीको निम्ति सबै राजनैतिक दलहरू एकबन्नुपर्ने बताउँदै आगामी वैठले सकारात्मक निर्णय लिने कुरामा विश्वास व्यक्त गरेका छन्।
सिलगडीको डागापुर स्थित ब्लू माउन्टेन होटलमा सम्पन्न भएको वैठकमा नेशनल गोर्खाल्याण्ड कमिटिको पक्षबाट उपाध्यक्ष त्रिलोक देवान, आकाश लामा, केबी योगी, सुखमान मोक्तान उपस्थित रहेका थिए भने क्रामकपाबाट गोबीन छेत्री, अरूण घतानी, किशोर प्रधान, गोरामुमो पार्टीबाट प्रवीण जिम्बा, सन्दिप लिम्बु, ऋषी थापा, बिरेन लामा, सिक्किम दार्जीलिङ एकीकरण मञ्चबाट शंकरहाङ सुब्बा, गोर्खालिगबाट लक्ष्मण प्रधान, बिप्लव राई, जन आन्दोलन पार्टीबाट ब्रिजेता घिमिरे, सुनैना पाणीकर लगायत अन्य प्रतिनिधीवर्ग उपस्थित रहेका थिए।

1 comment:

  1. in consideration to the present political situation, Shri Trilok Kumar Dewan would have been the right candidate provided if we have our strong support in the Sikkim Terai,old and historical name or popularly known as Siliguri. Seperation of Darjeeling along with Duars known as the Bhutan Terai is inevitable subject to the logic we place that these excluded and partially excluded or "TREATY OBLIGATORY area " does not belonged to Bengal. I sincerely request the NGC which I consider as an intellectual forum, to consider and place historical logic so as to make the central government to realise their mistake committed by the former authority to these annexed territories of Sikkim and Bhutan with Bengal in the year 1954 well before the LAND ABSORBED ACT WAS PASSED which was illegal.

    ReplyDelete

Post Bottom Ad