सांसद एसएस आहलुवालीयाले दिए विवादित बयान; भने – ‘भूमिपुत्रको कुरा जसले गरिरहेका छन् उनीहरू नै नेपालका हुन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, March 1, 2019

सांसद एसएस आहलुवालीयाले दिए विवादित बयान; भने – ‘भूमिपुत्रको कुरा जसले गरिरहेका छन् उनीहरू नै नेपालका हुन्’

गफसफ.com, सिलगडी 1 मार्च।
‘भूमिपुत्रको कुरा जसले गरिरहेका छन्। वास्तवमा उनीहरू नै नेपालका हुन्’ – उक्त विवादित बयान दार्जीलिङ लोकसभा समष्टिका सांसद एस.एस आहलुवालीयाले दिएका छन्। उनले सिलगडी जङ्क्सनमा आयोजित एक समारोहपछि पत्रकारहरूले दार्जीलिङ लोकसभा समष्टिमा आगामी लोकसभा चुनावमा ‘भूमिपूत्र’-को आवाज उठिरहेको सन्दर्भमा प्रश्न गर्दा आहलुवालीयाले उक्त विवादित बयान दिएका हुन्।

छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा चुनाव जितेर गएका सांसद एस.एस आहलुवीवालीया वर्तमान समयमा केन्द्रिय मन्त्री समेत बनेका छन्। हालमा दार्जीलिङ पहाडमाबाट आगामी लोकसभा चुनावमा ‘भूमीपुत्र’ पार्थीको चर्चा चलिरहेको छ। सबै राजनैतिक दलहरूले नै पहाडबाट भूमिपुत्रलाई खडा गर्नुपर्ने चर्चा चलिरहेको अवस्थामा केहिदिन समय अघिदेखि विनय तामाङले पनि पहाडबाट भूमिपुत्र अथवा भूमिपुत्री प्रार्थी खडा गर्ने सम्भावना व्यक्त गरिरहेका छन्।

भूमीपुत्रको चर्चा चलिरहेको सन्दर्भमा नै प्रश्न गर्दा आहलुवालीयाले ‘भूमिपुत्रको चर्चा गर्नेहरू नेपालका हुन्’ भनी नयाँ विवाद सिर्जना गरिदिएका छन्। यसका साथै उनले आफु पनि भूमिपुत्र रहेको दावी गरेका छन् भने आफु बङ्गालको आसनसोलमा जन्मेको उनले बताएका छन्।
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा पहाडमा चलेको 105 दिने बन्दमा समेत आफ्नो संसदीय क्षेत्रको भ्रमण गरेर जनताको समस्या बुझ्न नभ्याएका सांसद आहलुवालीया अहिलेसम्म दार्जीलिङ पहाड समेत चढन सकेका छैनन्। यसैक्रममा उनी शुक्रबार सिलगडीमा आयोजित एक कार्यक्रममा सहभागी बन्न आएका थिए। सोही कार्यक्रमपछि उनी पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा उक्त विवादीत बयान दिएका हुन्।

No comments:

Post a Comment

Post Bottom Ad