कालेबुङ विज्ञान केन्द्रद्वारा सन्त अगष्टिन विद्यालयमा वैज्ञानिक उपक्रमहरूको प्रदर्शनी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, February 28, 2019

कालेबुङ विज्ञान केन्द्रद्वारा सन्त अगष्टिन विद्यालयमा वैज्ञानिक उपक्रमहरूको प्रदर्शनी


गफसफ.com, कालेबुङ 28 फरवरी।
कालेबुङ बिज्ञान केन्द्रको आयोजना अनि सन्त अगष्टिन स्कुलको सेसोनियन डबल एलेक्स साइन्स क्लबको सहयोगितामा आज विज्ञान प्रदर्शनी सम्पन्न भएको छ। सन्त अगष्टिन विद्यालयको प्राङ्गनमा उक्त प्रदर्शनी सम्पन्न भएको थियो भने कार्यक्रमको उद्घाटन विद्यालयमा प्राचार्य फादर जेराड लेप्चाले रिबन काटेर गरेका थिए। उक्त वैज्ञानिक प्रदर्शनीमा 25 भन्दा अधिक इनोभेटिभ साइन्स मोडलहरू राखिएको थियो।

कालेबुङ बिज्ञान केन्द्र अधिनस्थ रहेका इनोभेसन हबका विद्यार्थी नानीहरूले तयार पारेका उक्त इनोभेटिभ वैज्ञानिक उपक्रमहरूको प्रदर्शनीमा विद्यालयका विद्यार्थीवर्गसँगै शिक्षक-शिक्षिकावर्गले पनि भाग लिएका थिए। यसक्रममा विशेष गरेर विविध वैज्ञानिक उपक्रमहरू हेरेर विद्यार्थीवर्गले आ-आफ्ना जिज्ञासाहरू पनि राखिरहेका थिए।
एक दिवशीय उक्त प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सन्त अगस्तिन स्कुलका फादर जेराल्ड लेप्चाले बिज्ञान केन्द्रप्रति आभार प्रकट गरे। यसक्रममा उनले विद्यार्थीवर्गलाई वैज्ञानिक उपक्रमहरू निर्माणका निम्ति सिर्जनात्मक सोँच भएकाहरूले यस्तो प्रदर्शनीले धेरै लाभ पुग्नका साथै उनीहरूलाई निर्माण गर्नमा उत्साह पुग्ने पनि बताए।
यता कार्यक्रमबारे कालेबुङ विज्ञान केन्द्रका प्रमुख डा. बी.बी. गुरूङले यस प्रकारको प्रदर्शनीले विद्यार्थी नानीहरूमा नयाँ-नयाँ सोँचहरूको विकास हुने बताए। उनले यस्ता प्रदर्शनीहरू हेरेर विद्यार्थीहरूको मस्तिष्कमा सिर्जनात्मक सोँचको बिकास हुने बताउँदै त्यहीँ सिर्जनात्मक सोँचकै कारण नयाँ वैज्ञानिक उपक्रम निर्माण हुन सक्ने सम्भावना व्यक्त गरे। यसैक्रममा उनले नानीहरूको सिर्जनात्मक सोँच अनुसार निर्माण गरिएको वैज्ञानिक उपक्रम राम्रो भए राष्ट्रिय स्तरका प्रदर्शनीहरू सहभागीता जनाउने अवसर समेत प्राप्त हुने बताएका छन्।
यसैक्रममा सन्त अगष्टिन विद्यालयका सह-शिक्षक कादिर कुरैशीले पनि यस्ता वैज्ञानिक उपक्रमहरूको प्रदर्शनीहरूले नानीहरूमा वैज्ञानिक सामाग्री निर्माणको सिर्जानात्म सोँचको बिकास हुने बताउँदै यसले धेरै लाभ पुग्ने बताएका छन्।  
कार्यक्रममा विज्ञान केन्द्रका हेमन्त थापा, शिवानी शर्मा अनि अनमोल तामाङ लगायत सन्त अगष्टिन स्कुलका शिक्षक शिक्षिकाहरूसँगै विद्यार्थीवर्गको उपस्थिति रहेको थियो।   

No comments:

Post a Comment

Post Bottom Ad