दार्जीलिङमा लोकसभा समष्टिबाट 8 प्रार्थीले बुझाए नामाङ्कन पत्र; अमरसिंह राई, आरबी राई, शंकर मालाकर अनि समन पाठक प्रमुख - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 25, 2019

दार्जीलिङमा लोकसभा समष्टिबाट 8 प्रार्थीले बुझाए नामाङ्कन पत्र; अमरसिंह राई, आरबी राई, शंकर मालाकर अनि समन पाठक प्रमुख

गफसफ.com, दार्जीलिङ, 25 मार्च।  
दोस्रो चरणको लोकसभा चुनाउको लागि नामङ्कन पत्र पेश गर्ने अन्तिम दोस्रो दिन आजसम्म दार्जीलिङमा मोठ 8 जना उम्मेद्वारहरूले नामङ्कन पेश गरे। जसमा गोजमुमो समर्थित तृणमूल कङ्ग्रेस प्रार्थी अमरसिंह राई. माकपाका समन पाठक. कङ्ग्रेसका शंकर मालाकर, क्रामाकपाका आरबी राई, स्वतन्त्र उम्मेद्वार राजेश सिंह, कामतापुर पिपल्स पार्टीका दिपककुमार रोयका साथै अन्य छन्।  
आज नामङ्कन पत्र पेश गर्नअघि गोजमुमो-तृणमूल कङ्ग्रेस अनि क्रामाकपाले जुलूस निकालेका थिए। गोजमुमो समर्थित तृणमूल कङ्ग्रेस प्रार्थीको निम्ति यहाँको रेलवे स्टेशनदेखि निकालिएको जुलूसमा गोजमुमो अध्यक्ष विनय तामाङ, महासचिव अनित थापा, तृणमूल कङ्ग्रेस नेता वा राज्यका पर्यटन मन्त्री गौतम देव आदि मुख्यरूपले सामेल थिए
क्रामाकपाले निकालेको जुलूसमा सहभागी बनेका क्रामाकपा कार्यकर्ताहरूले वी वान्ट गोर्खाल्यान्डको नारा बुलन्द पारेका थिए। तर माकपा, कङ्ग्रेस साथै अन्य कुनै पनि पार्टीले यहाँ जुलूस निकालेन। उनीहरू प्रायः नै सोझै जिल्लापाल कार्यालय पुगेर आ-आफ्नो नामङ्कन पत्र जमा गरे। यी विभिन्न पार्टीहरूबाट खडा भएका प्रायः सबै उम्मेद्वारले नै आ-आफ्नो विजयी निशिचत नै रहेको दावी गरेका छन्।

तृणमूल कङ्ग्रेस प्रार्थी अमरसिंह राई-देशमा गोर्खा जातिको चिन्हारी अनि सुरक्षालाई प्रथम मुद्दा लिएर चुनावी मैदानमा उत्रिएका छन् राई। दार्जीलिङ नगरपालिकाका अध्यक्षबाट पदोन्नति हुँदै दार्जीलिङका विधायक बनेका राई राज्यको सत्तामा रहेको तृणमूल कङ्ग्रेसबाट यस चुनाउमा खडा भएका छन्। जसले आफ्नो जीत सय प्रतिशत निश्‍चित रहेको बताइरहेका छन्। वर्ष 2016-को विधानसभा चुनाउमा दार्जीलिङ पहाडका 3 वटा विधानसभा आसनबाट गोजमुमो प्रार्थीहरूले 2 लाख 50 हजार भोट पाएका थिए भने यसपाली यो भोट संख्यामा अझै बढोत्तरी हुने पनि दावी गरेको छ।

माकपा प्रार्थी समन पाठक-2014-को लोकसभा चुनाउमा भाग लिंदा समन पाठकले 1,67,186 भोट पाएका थिए भने यसपाली अझै बेसी भोट पाउने आशा गरेका छन्। उनले यसपाली आफ्नो मूल मुद्दाहरूमा दार्जीलिङ पहाडसँगै बंगालभरि गणतन्त्रको पुनर्बहाल, दार्जीलिङ पहाडको लागि स्थायी शीर्ष संवैधानिक व्यवस्था, पर्जा-पट्टाका साथै चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू हुनपर्ने सामेल रहेको बताएका छन्। वर्ष 2006-देखि 2012-सम्म राज्यसभा सांसद रहेका समन पाठकले दार्जीलिङ लोकसभा आसनबाट भाजपाले नयाँ अनि कहिले नाम नसुनिएका व्यक्तिलाई उम्मेद्वार बनाएर सोझै हार स्वीकार गरेको पनि बताए। उनले भने-भारतीय जनता पार्टीले दार्जीलिङ पहाड वा गोर्खा जातिको सामना गर्न नसकेर नै राजु विष्टलाई यहाँको उम्मेद्वार बनाएको हो।

क्रामाकपा प्रार्थी आरबी राई-सन् 1989-मा राज्यसभा सांसद बनेका राई 1990-देखि 96-सम्म फेरि दोस्रोपल्ट राज्यसभा सांसद मनोनित भएका थिए। राज्यसभा सांसदको कार्यकाल पूर्ण हुनसाथ उनी फेरि लोकसभाको लागि निर्वाचित बनेका थिए। त्यसैबीच आरबी राईले अलग राज्य गोर्खाल्यान्डको माग गर्दै क्रामाकपाको गठन गरेपछि 1997-मा लोकसभा सांसद पदबाट पनि राजीनामा दिएका थिए। त्यसपछि कतिपय चुनाउमा खडा भए पनि उनले जीत हासिल गर्न सकेका छैनन्। उनले भने-हामीलाई जसले धोका दिन्छ, पहाडका जनताले उसैलाई उपहार दिने गरेका छन्। तरै पनि यसपाली उनले पहाड र तराईका जनताले सचेत बनेर मतदान गर्नेछन्।

कङ्ग्रेस प्रार्थी शंकर मालाकर-मोदी हटाऊ-देश बचाऊ, दिदी हटाऊ-दार्जीलिङ बचाऊ-को नारा दिंदै उनले दार्जीलिङ पहाडको लागि स्थायी राजनैतिक समाधान हुनपर्ने मुद्दालाई चुनाउमा प्रमुखता दिने बताए। कङ्ग्रेसका विधायक रहेका मालाकरले दार्जीलिङ पहाडलाई कङ्ग्रेसको सरकार रहँदा नै केही न केही दिएको बताएका छन्। यसैले देशमा कङ्ग्रेसको सरकार गठन भए दार्जीलिङको पनि भलो हुने उनले दावी गरेका छन्।

केपीपी दिपककुमार रोय-अलग कामतापुर राज्यको मागलाई मुख्य मुद्दा बनाएका अघि आएका छन् रोय। जसले अलग कामतापुर राज्यको गठनसँगै कामतापुरी भाषालाई संवैधानिक मान्यता दिनुपर्ने माग गरिरहेका छन्।

यसबाहेक यस चुनाउमा चण्डीगढबाट आएका राजेश सिंहले पनि आफ्नो भाग्य अज्माउने भएका छन् भने उनले आफूलाई प्रान्तीय गोर्खा आदिवासी विकास परिषदले सहयोग प्रदान गरेको दावी गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad