भाजपा प्रार्थीले राजु विष्टले गोर्खाल्याण्ड गठनबारे आफैलाई बताए असक्षम; भने –‘गोर्खाल्याण्डको लागि म सही व्यक्ति होइन’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 25, 2019

भाजपा प्रार्थीले राजु विष्टले गोर्खाल्याण्ड गठनबारे आफैलाई बताए असक्षम; भने –‘गोर्खाल्याण्डको लागि म सही व्यक्ति होइन’

गफसफ.com, दार्जीलिङ, 25 मार्च। 
दार्जीलिङबाट चुनावी मैदानमा खडा भएका भाजपा उम्मेद्वार राजु विष्टले स्वयंलाई गोर्खाल्याण्डको लागि सही व्यक्ति नभएको स्वीकार गरे। आज दिल्लीबाट दार्जीलिङ आइरहेको समय सिलगढीमा पत्रकारहरूले अलग राज्य गोर्खाल्याण्डको विषयमा सोधेको प्रश्‍नको उत्तरमा विष्टले गोर्खाल्याण्ड लामो समयदेखि उठिरहेको माग भए पनि आफू यसको लागि सही व्यक्ति नरहेको बताएका छन्। ‘गोर्खाल्याण्ड घेरै लामो समयदेखि उठिरहेको माग हो। सानो राज्य भए प्रशासनिक कार्यहरू सञ्चालन गर्न पनि सुविधा हुन्छ अनि भारतीय जनता पार्टी सानो राज्यको पक्षमा नै छ। तरै पनि यसको लागि म सही व्यक्ति होइन’ राजु विष्टले भने।

यद्यपि उनले आगामी दिनमा यसको लागि चर्चा परिचर्चा जारी राखिने पनि बताएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै भने-म चाहन्छु सिलगढीसँगै दार्जीलिङको पनि विकास होस्। कुनै पनि व्यक्ति विकासबाट नछुटोस्। देश तीब्र गतिले अघि बढिरहेको छ, तर बङ्गाल पछाडिएको छ। यसैबीच, उनले कति भोटले जीत हुने आशा छ? भन्ने प्रश्‍नको उत्तरमा भने-गत लोकसभा चुनाउमा दार्जीलिङ लोकसभा आसनबाट भारतीय जनता पार्टीका उम्मेद्वार जति भोटले विजय बनेका थिए, त्यसभन्दा बेसी भोटले मेरो जीत हुनेछ। उनले एसएस आहलुवालियाले दार्जीलिङ पहाडको लागि केही नगरेको सम्बन्धमा प्रश्‍न गर्दा यसमाथि कुनै टिप्पणी गर्न चाहेनन्।
आज भाजपा उम्मेद्वार राजु विष्टलाई स्वागत जनाउन अनि दार्जीलिङ ल्याउनको लागि गोरामुमोका कैयौं समर्थक अनि नेताहरू बाघडुग्रा गएका थिए। राजु अनि गोरामुमोका नेताहरू बाघडुग्रा आइपुग्नसाथ गोरामुमो समर्थकहरूले उनको पक्षमा व्यापक नारा लगाउन शुरू गरेका थिए। उनले आज नामङ्कन पत्र दार्जीलिङमा पेश गर्ने भएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad