चुनावको मुखमा जननेताको घर कुर्की गर्नु जनतालाई तर्साएर चुनावलाई प्रभावित पार्ने कार्य हो – विमल गुरुङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 18, 2019

चुनावको मुखमा जननेताको घर कुर्की गर्नु जनतालाई तर्साएर चुनावलाई प्रभावित पार्ने कार्य हो – विमल गुरुङ

गफसफ.com, कालेबुङ, 18 मार्च।
‘जीटीएका पूर्व सभासद तथा गोर्खा जनमुक्ति मोर्चाका कर्मठ नेता दावा लेप्चाको पिता पेम छिरिङ लेप्चाको घरलाई १७ मार्च २०१९ को दिन बङ्गाल पुलिसले कुर्की गरेर पहाडमा राज्य सरकारले न्यायप्रणाली निमिट्यान्नै पारेको सबै भन्दा ठूलो उदाहरण दिएको छ। म यस घटनाको घोर भत्सर्ना गर्दछु’ उक्त कुरा भूमिगत नेता विमल गुरुङले प्रेस विज्ञप्ती जारी गरेर भनेका हुन्।
Bimal Gurung -File Photo
उनले 105 दिने बन्दको अवधी आफूसँगै भूमिगत बनेका आफ्ना ज्वाईँ एवम् पूर्व सभासद दावा लेप्चाको घर पुलिसले कुर्की गरेपछि प्रतिक्रिया व्यक्त गर्दै उक्त घट्नाले प्रजातन्त्रलाई सत्ताले कुल्चिने कार्य गरेको आरोप लगाएका छन्। ‘बङ्गालमा वर्तमान समयमा अनि वर्तमान सरकारमा न्याय अनि प्रजातन्त्र भन्ने कुरा सत्ताले कुल्चिएको हुनाले अदालतको आदेश समेतलाई अवमानना गरेर लेप्चाको घर कुर्की गर्नु भनेको अन्यायको पराकाष्ठा हो अनि चुनावको मुखमा जननेताको घर कुर्की गरेर जनतालाई तर्साएर चुनावलाई प्रभावित पार्ने कार्य हो।  म यस सन्दर्भमा शो-मोटोमा अदालतले अनि चुनाव आचार संहिता लागु भएको समयमा यस्तो घटना भएकोमा चुनाव आयोगले कडा भन्दा कडा कारवाही गर्ने अपील गर्दछु’ विमल गुरुङले भनेका छन्।
‘पहाडमा शान्ति फर्काएको अनि गणतन्त्र बहाली गरेको दावी गर्ने बङ्गाल सरकार र उसको भरौटे बिनय-अनितहरूले यस्ता जनविरोधी घटनाहरूको जवाब दिनुपर्नेछ’ विमल गुरुङले अझ भनेका छन् –‘म, पहाडका जनतालाई अपील गर्न चाहन्छु कि आगामी चुनावमा जनताले जनविरोधी, जातिघाती नेताहरुलाई मतदानको माध्यमले जवाब दिनुपर्नेछ।’
उनले पहाडका जनतालाई अपिल गर्दै अब कसैको पनि बाबुको घर कुर्की नहोस्, कसैको पनि परिवार बेघर नबनुन् भन्दै चुनावमा त्रासलाई होइन उन्मुक्तिलाई रोजौं, अन्यायलाई होइन न्यायलाई खोजौं भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad