सन्त जोसेफ विद्यालयमा सपथ ग्रहण सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, February 28, 2019

सन्त जोसेफ विद्यालयमा सपथ ग्रहण सम्पन्न

गफसफ.com, कालेबुङ, 28 फरवरी।
कालेबुङ जिल्लाको गीतडाब्लिङमा अवस्थित सन्त जोसेफ विद्यालयमा सपथ ग्रहण समारोह सम्पन्न भएको छ। कार्यक्रममा दार्जीलिङ डायोसिसका विशप स्टेफन लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रूपमा सन्त स्टेफन एकाडमीका प्राचार्य फादर फिलिक्स डिसोजा, सन्त जोसेफ विद्यालयका प्राचार्य उर्गेन लेप्चा, फादर एनसलम लेप्चा आदि उपस्थित रहेका थिए।

विद्यालयकै प्रेक्षागृहमा सम्पन्न भएको उक्त कार्यक्रममा वर्ष 2019 का निम्ति चयनित भएका स्कुल कप्तान, उपकप्तान लगायत विभिन्न आश्रमका कप्तानहरूलाई सपथ ग्रहण गराइएको थियो। विद्यर्थीवर्ग देशका कर्णधारहरू भएको कारण देश निर्माणको निम्ति विद्यार्थीवर्गले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि लगायत अन्य अतिथिवर्गले बताएका छन्।
यसै अवसरमा विद्यालयका प्राचार्य फादर उर्गेन लेप्चाले विद्यालयका भावि कार्यक्रमहरूबारे पनि जानकारी गराएका  थिए भने कार्यक्रममा नव आगान्तुक विद्यार्थीवर्गलाई स्वागत पनि गरिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad