भारतीय वायु सेनाका वींग कमाण्डर अभिनन्दनलाई भोलि छोड्ने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरे घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, February 28, 2019

भारतीय वायु सेनाका वींग कमाण्डर अभिनन्दनलाई भोलि छोड्ने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरे घोषणा

गफसफ.com, नयाँ दिल्ली, 28 फरवरी।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदमा भोलि भारतीय वायु सेनाका वींग कमाण्डर अभिनन्दन वर्धमानलाई भारत फिर्ता गर्ने घोषणा गरेका छन्। पाकिस्तानको संसदमा प्रधानमन्त्री इमरान खानले उक्त घोषणा गर्दै भने –‘भारतीय सेनाका पाइल हामीले पक्राउ गरेका छौँ, हामी शान्तिको सन्देश दिँदै उनलाई भारतलाई फिर्ता गरिरहेका छौँ।’

पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय वायु सेनाका वींग कमाण्डर अभिनन्दन बर्धमान भोलि बाघा बर्डर भएर भारत फर्कने भएका छन्। उनलाई भारत-पाकिस्तानको सीमा बाघा बोर्डरमा भारतलाई हस्तान्तरण गरिने सम्भावना रहेको छ।
यसक्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफुहरूले शान्ति चाहेको भन्दै पुलवामा आतङ्की हमलामा पाकिस्तानको कुनै भूमिका नरहेको पनि दाबी गरेका छन्। यसक्रममा उनले पुलवामा हमलापछि भारतले नियमनको उल्लंघन गरेर पाकिस्तान माथि आक्रमण गर्न खोजेको अनि यसमा पाकिस्तानले जवाब दिँदा दुईवटा फाइटर जेट ध्वस्त पारेको पनि दाबी गरेका छन्। यसैक्रममा उनले आफुहरू शान्तिको पक्षमा रहेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्न समेत चाहेको बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad