सारदा चिटफण्ट घोटाला: कोलकोता पुलिस आयुक्तलाई सिलङगमा सीबीआईको विशेष दलद्वारा सोधपुछ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, February 9, 2019

सारदा चिटफण्ट घोटाला: कोलकोता पुलिस आयुक्तलाई सिलङगमा सीबीआईको विशेष दलद्वारा सोधपुछ

गफसफ.com, कालेबुङ, 9 फरवरी।
सारदा चिटफण्ड घोटालाको जाँच गरिरहेको सीबीआईले आज कोलकोता पुलिस आयुक्तलाई राजीवन कुमारलाई आज दुईचोटि आठघण्टासम्म सोधपुछ गरेको छ। सर्वोच्च न्यायालयको आदेशपछि आज सिलाङ्गमा कोलकोता पुलिस आयुक्त सीबीआई समक्ष हाजिर भएका थिए भने उनेलाई सीबीआईले आठघण्टा सोधपुछ गरेको छ। सोधपुछको क्रममा सीबीआई कोलकोता पुलिस आयुक्तको जवाबसँग सन्तुष्ट नरहेको कारण आईतबार पुन: सोधपुछ गर्ने भएको छ। 
File Photo
अर्कोतर्फ सीबीआईले तृणमूल कङ्ग्रेसका पूर्व राज्यसभा सदस्य एवम् सार्दा घोटालाको आरोपी कुणाल घोषणालाई पनि आईतबार सोधपुछको निम्ति बोलाएको छ। आरोपी कुणाल घोषणलाई सीबीआईले आईतबार पुलिस आयुक्त मनोज कुमार समक्ष आमने-सामने राखेर सोधपुछ गर्ने सम्भावना रहेको छ।
पुलिस आयुक्त बिहान 10:50 बजे सीबीआई पुगेका थिए। उनलाई मेघालय पुलिसले एस्कर्ट गरेर सीबीआई दफ्तरमा पुर्‍याएको थियो। पुलिस आयुक्त राजीव कुमारको साथमा कोलकोता पुलिसला अतिरिक्त पुलिस आयुक्त जावेद शमीम, पुलिस उपायुक्त (एसटीएफ) मुरलीधर शर्मा पनि उपस्थित रहेका थिए। पुलिस आयुक्त सीबीआई कार्यालयल पुग्न अगावै उनको वकिल विश्वजीत देव पुगेका थिए। मिजोरामको पूर्व अधिवक्ता विश्वजीत वर्तमान तृणमूल कङ्ग्रेसका पर्यवेक्षक हुन्।
सोधपुछक समय पुलिस आयुक्तका वकिलले आफुलाई उपस्थित रहने अनुरोध गरेका थिए तर उक्त अनुरोधलाई सीबीआईले सोझै अस्वीकार गरेको थियो। यसका साथै पुलिस आयुक्तको साथमा पुगेका कोलकोता पुलिसका अन्य अधिकारीवर्गलाई पनि सोधपुछ गर्ने स्थानमा उपस्थित हुन दिएनन्। त्यसपछि लगभग 12 बजे पुलिस आयुक्तलाई सीबीआईका अधिकारीवर्गले सोधपुछ गर्न थालेका थिए। सोधपुछको क्रम सुरु हुन अघि पुलिस आयुक्तले दुईदिनमा सोधपुछ पुरा गर्ने अनुरोध गरेका थिए। विशेष गरेर आगामी 12 फरवरीका दिनदेखि माध्यमिक परिक्षा आरम्भ हुने भएको कारण कानुन व्यवस्थालाई बनाएर राख्न आफु कोलकोता हुन आवश्यक रहेको भन्दै उनले दुई दिनसमा सोधपुछ समापन गर्ने आग्रह गरेका थिए।
उनलाई दिल्लीबाट आएका सीबीआईको विशेष टोलिमा सामेल एसपी जगरूप एस गुरसिंहा समेत लगभग 10 जना अधिकारीवर्गले उनलाई सोधपुछ गरेका थिए। यसक्रममा प्रत्येक प्रश्न उत्तरको रिकर्ड समेत गरिएको छ। सोधपुछको क्रममा उनलाई सारदा चिटफण्ड कम्पनीका मुखिया सुदिप्त सेनद्वारा सीबीआईलाई लेखेको पत्र साथै सारदा घोटालासँग सम्बन्धित अन्य तथ्य, रातो डाईरी, पेनड्राईभ, ल्यापट आदि विषयमा पनि सोधपुछ गरेको छ।
दुईभागमा विभाजित गरेर पुलिस आयुक्तलाई सीबीआईले चारघण्टा सम्म सोधपुछ गरेपनि उनको जवाबसम्म सीबीआई सन्तुष्ट नभएको जानकारी प्राप्त भएको छ। जसको कारण उनलाई पुन: भोलि आईतबार सोधपुछ गर्ने तय भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad