लोकसभा चुनाव 2019: बङ्गालमा कङ्ग्रेस पार्टी र तृणमूल कङ्ग्रेस गठबन्धन नगर्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, February 9, 2019

लोकसभा चुनाव 2019: बङ्गालमा कङ्ग्रेस पार्टी र तृणमूल कङ्ग्रेस गठबन्धन नगर्ने

गफसफ.com, कालेबुङ, 9 फरवरी।
लोकसभा चुनावमा पश्चिम बङ्गाल राज्यमा कङ्ग्रेस पार्टीले तृणमूल कङ्ग्रेससँग गठबन्धन नगर्ने घोष्णा गरेको छ। पश्चिम बङ्गाल राज्य कङ्ग्रेसले लिएको उक्त निर्णय केन्द्रिय कमिटिलाई पठाएको छ भने केन्द्रिय कमिटिले पनि राज्य कङ्ग्रेसको प्रस्तावलाई स्वीकर गरेको छ। उक्त जानकारी पश्चिम बङ्गाल एकङ्ग्रेस अध्यक्ष सोमेन मित्रले दिएका छन्।

यसैक्रममा लोकसभा चुनावलाई लिएर रणनीति तयार गर्न शनीबार दिल्लीमा कङ्ग्रेसको महतव्पूर्ण वैठक सम्पन्न भएको छ। वैठकमा बङ्गाल कङ्ग्रेस अध्यक्ष सोमेन मित्रा, राज्य विधानसभाका बिपक्षी नेता अब्दुल मन्नान अनि राज्यका अन्य वरिष्ठ नेताहरू उपस्थित रहेका थिए।
वैठकमा कङ्ग्रेस पार्टी अध्यक्ष राहुल गान्धीले राज्यका प्रनिधीवर्गसँग अलग-अलग चर्चा गरेका छन्। यसक्रममा उनले राज्यका नेताहरूसँग आगामी चुनाव कसरी लड्नुपर्ने भन्ने विषेश मन्त्र दिएका छन्।
वैठकपछि आहिर निस्केर पत्रकारहरूसँग कुराकानी गर्दै मित्राले ‘हामीले पार्टी अध्यक्ष राहुल गान्धीलाई पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेसले कङ्ग्रेसलाई नोक्सान पुर्‍याउने हरसम्भव कोशिस गरिएको छ। यस्तो अवस्थामा तृणमूल कङ्ग्रेससँग गठबन्धन गर्‍यौँ भने पार्टीलाई हानी हुनेछ। यहीँ कुरा अध्यक्ष राहुल गान्धिलाई भनेका हौँ’ भने।
उनले आफुहरूको प्रस्ताव सुनेर पार्टी अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा तृणमूल कङ्ग्रेससँग़ बङ्गालमा गठबन्धन नगरे बताएको दाबी गरेका छन्। यता कङ्ग्रेस पार्टीले लोकसभा चुनावमा तृणमूलसँग गठबन्धन नगरे आगामी लोकसभा चुनावमा तेस्रो मोर्चाको बनिन्दै गइरहेको सम्भावनामाथि पनि नकारात्मक पभाव पर्ने स्पष्ट बनेको छ।

No comments:

Post a Comment

Post Bottom Ad