गोर्खाल्याण्ड सम्बन्धि मैनागडीमा मोदीले अप्नाए मौनता; अनित थापले भने ‘प्रधानमन्त्री मोदीले गोर्खाको सपना भुले’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, February 8, 2019

गोर्खाल्याण्ड सम्बन्धि मैनागडीमा मोदीले अप्नाए मौनता; अनित थापले भने ‘प्रधानमन्त्री मोदीले गोर्खाको सपना भुले’

गफसफ.com, दार्जीलिङ, 8 फरवरी।
डुवर्सको सिब्सुमा गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताहरूले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा 8 फरवरी 2011 का दिन सहिद बनेकाहरूलाई स्मरण गर्दै बलिदान दिवस पालन गरिरहेको समयमा मैनागडीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भाषण दिइरहेका थिए। ‘गोर्खाको सपना मेरो सपना’-भन्ने प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कार्यक्रमबाट गोर्खाहरूको निम्ति धेरैथोक भन्नसक्ने अपेक्षा साँचेपनि उनले गोर्खाहरूको पक्षमा भने मौनता साँचेर नै बसे।

यता प्रधानमन्त्री मोदीले मैनागडीमा गोर्खाहरूको मुद्दाबारे मौनता अप्नाएपछि गोजमुमो सचिव अनित थापाले एक प्रेस विज्ञप्ती जारी गरेर उनको मौनताले गोर्खाहरू निराश बन्न परेको बताएका छन्। यसका साथै उनले प्रधानमन्त्री मोदीले गोर्खाहरूको सपना भुलेको आरोप लगाएका छन्।
‘आज सम्पूर्ण गोर्खा समुदायलाई धेरै निराशाको अनुभव भइरहेको छ। किनभने सिप्सुदेखि लगभग १ घण्टा टाँड़ामा स्थित मैनागढ़ीमा आएर प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खा अनि गोर्खाल्याण्डको विषयमा एक शब्द पनि बोलेनन्’ अनित थापाले अझ भनेका छन् – ‘प्रधानमन्त्री नरेन्द्र मोदीसित एउटै मञ्चमा दार्जीलिङका सांसद एसएस आहलुवालिया पनि उपस्थित थिए। गोर्खाल्याण्डको निम्ति गोर्खाहरूको भोट पाएर सांसद अनि पछिबाट मन्त्री बनेको एसएस आहलुवालियासमेतले गोर्खाहरूको पक्षमा एक शब्द बोलेनन्। सांसदको यस्तो बर्तावले झनै गोर्खाहरूको भावनामा आघात परेको छ’।  
यसैक्रममा थापाले सांसद आहलुवालीयाले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग पनि गरेका छन्। ‘जिम्मेवारी अनि दिएको वचन पालन गर्न नसक्ने सांसदलाई उक्त पदमा बसिरहने कुनै आवश्यकता पनि छैन। उनले तुरून्तै पदत्याग गरून्  भनी हामी माग गर्दछौ’ अनित थापाले भनेका छन्।
यसैक्रममा अनित थापाले विगतका दिनमा प्रधानमन्त्री मोदीले एघार गोर्खा जातगोष्ठिलाई जनजातिको मान्यता दिने घोषणा गरेपनि आजसम्म उक्त घोषणा पुरा नभएको भन्दै चलिरहेको बजेट सत्रमा पनि जनजातिको बील पेश हुने सम्भावना नरहेको बताएक छन्।
‘प्रधानमन्त्री नरेन्द्र मोदी जसले २०१६ मा मदारीहाटबाट ११ गोर्खा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिने वचन दिएका थिए, तर अहिलेसम्म उनके उक्त वचन पनि पूरा भएको छैन।भाजपाले शीतकालीन सत्रदेखि लम्बाएर बजट सेशनसम्म पुराए पनि बजट सत्र आगामी सातामा टुंगिने भएतापनि अहिलेसम्म कुनै छाँटकाँट छैन’ अनित थापाले भनेका छन्।
उनले २०१४ को लोकसभा चुनाउअघि भाजपाले  चुनावी मेनिफिस्टोमा गोर्खाहरूको दीर्घकालीन मागलाई सहानुभूतिपूर्ण विचार गर्ने  कुरा उल्लेख गरेको अनि प्रधानमन्त्री मोदीले अप्रेल २०१४ मा गोर्खाको सपना मेरो सपना समेत भनेको कुराक पनि स्मरण दिएलाएका छन्।
‘उक्त आश्वासनलाई विश्वास गरेर नै भाजपाले गोर्खाहरूको निम्ति अलग राज्य गोर्खाल्याण्डको सपना पूरा गर्छ भनेर रिकर्डतोड़ भोट भाजपालाई प्रदान गरे। तर  यो नै हाम्रो ठूलो गल्ती भयो। भाजपाले लगातार हाम्रो विश्वासमाथि घात गरेर आफ्नो स्वार्थ पूरा गरिरहे। तर गोर्खाहरूले यसपल्टको चुनाउमा भाजपालाई उक्त विश्वासघातको गत्तिलो जवाब दिनेछ’ अनित थापाले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad