गोजमुमो पार्टीले सठीक समयमा चुनावी पत्ता खोल्नेछ – विमल गुरुङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, February 28, 2019

गोजमुमो पार्टीले सठीक समयमा चुनावी पत्ता खोल्नेछ – विमल गुरुङ

गफसफ.com, कालेबुङ, 28 फरवरी।
गोर्खा जनमुक्ति मोर्चाका भूमिगत नेता विमल गुरुङले एक प्रेस विज्ञप्ती जारी गरेर पार्टीजि प्रतिनिधी सभा सम्पन्न भएको बताएका छन्। भूमिगत नेता गुरुङकै अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतिनिधी सभा कहाँ भएको हो भन्ने विषयमा भने विज्ञप्तीमा खुलस्त पारेको छैन। यसक्रममा उनले उक्त प्रतिनिधी सभामा दार्जीलिङ, कालेबुङ, खर्साङ, मिरिक, तराई-डुवर्स लगायत गोर्खा बाहुल क्षेत्रहरूबाट प्रतिनिधीवर्ग उपस्थित रहेको दाबी पनि गरेका छन्।
उनले उक्त प्रतिनिधी सभामा आगामी लोकसभा चुनावलाई लिएर केहि समय बाँकी रहेको भन्दै अहिले नै चुनावी अडान स्पष्ट पार्नुपर्ने आवश्यक्ता नरहेको अनि समय आएपछि स्पष्ट पार्ने पनि बिज्ञप्तिमा जनाएका छन्। ‘अहिले चुनावी पत्ता खोलिहाल्नुपर्ने समय नआएको ठहर गर्दै गोजमुमो पार्टीले सठीक समयमा सठीक चुनावी पत्ता खोल्ने सभाले निर्णय गरेको छ’ विमल गुरुङले जारी विज्ञप्तीमा भनेका छन्।
प्रतिनिधी सभामा पुलवामा आतङ्की हमलामा सहिद बनेकाहरूको आत्माशान्तिको कामना सँगै भारतीय सेनाले आतङ्की ठिकानामा गरेको हमलालाई सही ठहराएको पनि बताएको छ। यसका साथै पाकिस्तान सेनाको कब्जामा रहेको वींग कमाण्डरको शिघ्र फिर्ताको माग पनि गुरुङले गरेका छन्।
उक्त प्रतिनिधी सभामा विशेष गरेर आगामी लोकसभा चुनावलाई लिएर गहन चर्चा गरिएको अनि बङ्गाल सरकारको अगणतान्त्रिक कार्यको कारण पहाड, तराई डुवर्समा गणतन्त्र नरहेको पनि सभामा चर्चा गरिएको गुरुङले जारी विज्ञप्तिमा बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad