सीबीआई बनाम राज्य सरकार; पहाडमा नरेन्द्र मोदी ‘मुर्दावाद’-को नाराबाजीसँगै जल्यो ‘पुत्ला’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, February 4, 2019

सीबीआई बनाम राज्य सरकार; पहाडमा नरेन्द्र मोदी ‘मुर्दावाद’-को नाराबाजीसँगै जल्यो ‘पुत्ला’

गफसफ.com, कालेबुङ, 4 फरवरी।
केन्द्रिय जाँच एजेन्सी सीबीआईको एउटा टोलि कोलकोता पुलिस आयुक्त राजीव कुमारलाई सारदा चिटफण्ड घोटालाबारे सोधपुछ गर्न आईतबार कोलकोतामा आएपछिको राजनैतिक घट्नाक्रम नै परिवर्तन भएको छ। केन्द्रले राज्यलाई दोष दिइरहेको छ भने राज्यले केन्द्रलाई दोष देखाइरहेको छ। यस्तो अवस्थामा आज दार्जीलिङ पहाडमा पनि नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ।
दार्जीलिङमा प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन

सीबीआईलाई भाजपा सरकारले राजनैतिक फाइदाको निम्ति प्रयोग गरेको भन्दै मोदी सरकारले बङ्गालमा गणतन्त्रको हत्या गर्न खोजेको गोजमुमोले आरोप लगाएको छ। यसैक्रममा आज गोर्खा जनमुक्ति मोर्चाले एकैसाथमा दार्जीलिङ, कालेबुङ, खर्साङ आदि स्थानहरूमा जुलुस निकालेर नरेन्द्र मोदी मुर्दावादको नाराबाजीसँगै पुत्लास समेत दहन गरेको छ।
खर्साङमा प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन
सीबीआई कार्वाहीको विरुद्धमा खडा भएर धर्नामा बसेकी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पक्षमा उभिन्दै गोजमुमो कार्यकर्ताहरूले आज एकाएक दार्जीलिङ, कालेबुङ खर्साङ आदि स्थानहरूमा जुलुस निकालेका थिए भने दार्जीलिङ र खर्साङमा प्रधानमन्त्री मोदीको पुत्ला दहन गरिएको छ।
दार्जीलिङमा गोजमुमो पार्टीको जुलुस
यता कालेबुङमा भने गोजमुमो कार्यकर्ताहरूले भाजपा विरुद्ध नाराबारी गर्दै शहरमा पोस्टरिङ गरेको छ भने यस अवधी उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी मुर्दावादको नाराबाजी लगाएका थिए। उक्त नाराबाजी र पोस्टरिङ पछि पत्रकारहरूलाई सम्बोधन गर्दै गोर्खा जनमुक्ति युवा मोर्चाका साङ्गठनिक सचिव विनय घिसिङले लोकसभा चुनावको अघि सीबीआईलाई हतियारको रूपमा प्रयोग गरिरहेको आरोप लगाएका छन्।
कालेबुङमा गोजमुमोको पोस्टरिङ
‘केन्द्र सरकारले राजनैतिक स्वार्थपुर्तीको निम्ति हतियारको रूपमा प्रयोग गरिरहेको छ। पहाडमा गोर्खाहरू प्रधानमन्त्री मोदीबाट ठगिएका छौँ। आज चुनावको मुखमा मोदी र अमित शाहाले जुन चलखेल खेलेर बङ्गालको अवस्था सिर्जना गरिएको छ त्यसको हामी घोर विरोध गर्छौँ। विनय घिसिङले अझ भने –‘नरेन्द्र मोदीले सीबीआईलाई जुन प्रकारले आफ्नै गोजीको जस्तै प्रकारले प्रयोग गर्ने कार्य भइरहेको छ त्यसको हामी घोर विरोध गर्दछौँ।’


No comments:

Post a Comment

Post Bottom Ad