सीबीआई बनाम ममता; कोलकोतामा चल्यो हाईभोल्टेज ड्रामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, February 4, 2019

सीबीआई बनाम ममता; कोलकोतामा चल्यो हाईभोल्टेज ड्रामा

गफसफ.com, कालेबुङ, 4 फरवरी।
केन्द्रिय जाँच एजेन्सी सीबीआईको एउटा दल कोलकोता पुलिस आयुक्त राजीव कुमारलाई सारदा चिटफण्ड घोटालाबारे सोधपुछ गर्न उनकै निवास स्थानमा पुगेपछि अहिलेघरी केन्द्र बनाम राज्य माझको राजनैतिक झ्याउला सिर्जना भएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपा सरकारले केन्द्रिय जाँच एजेन्सिलाई दुरुप्रयोग गरेको भन्दै कोलकोता पुलिस आयुक्त राजीव कुमारको पक्षमा उभिएकी छन्।

सीबीआईको दस्ता कोलकोता पुलिस आयुक्तको घरमा पुगेर उनलाई सोधपुछ गर्न अघि नै यता कोलकोता पुलिसले उल्टै सीबीआई दललाई हिरासतमा लिएपछि उक्त घट्नाको चारैतिर चर्चा चलिरहेको छ।
केन्द्र सरकारले मुख्यमन्त्री ममता ब्यानर्जीलाई दोष दिँदै केन्द्रिय जाँच एजेन्सीले सर्वोच्च न्यायालयको निर्देशमा सारदा चिटफण्ड घोटालाको जाँच गरिरहेको भन्दै उनीहरूलाई मुख्यमन्त्री ब्यानर्जीले स्वतन्त्र जाँच गर्न दिनुको सट्टा उल्टै बाधा सिर्जना गरेको आरोप लगाएको छ। यता मुख्यमन्त्रीले पनि भाजपा सरकारले स्वतन्त्र जाँच एजेन्सी सीबीआईलाई राजनैतिक फाइदाको निम्ति प्रयोग गरेको भन्दै सविधानको उल्लंघन गरेको आरोप लगाउँदै धरनामा बसेकी छन्। जसको कारण लोकसभा चुनाव अघि बङ्गालमा केन्द्र बनाम राज्यको राजनैतिक घमासन मच्चिएको छ।

सीबीआईको टोलि पुलिस आयुक्तको घरमा पुगेको खबर फैलिन साथै मुख्यमन्त्री ममता ब्यानर्जी पुलिस आयुक्तको घरमा पुगेकी थिइन भने उनले त्यहीँ नै वैठक समेत गरिन्। त्यसपछि उनले पत्रकारहरूलाई सम्बोधन गर्दै भाजपाले अत्यचार गरिरहेको आरोप लगाइन्।
‘भाजपाले अत्याचार गरिरहेको छ जसलाई मैले धेरै सहन गरे। यसतो घट्नाले देशमा आपातकालको जस्तै अवस्था सिर्जना भएको छ’ मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्।
यसक्रममा उनले सीबीआईले प्रधानमन्त्री नरेन्द्र मोदीको यात्रापछि भएको कार्वाही अजित डोभालको इशारामा भइरहेको पनि आरोप लगाएकी छन्। यसक्रममा उनले पुलिस आयुक्त विश्वमा नै श्रेष्ठ हुन भन्न पनि पछि परेनन्।
संघीय व्यवस्थामाथि हमला - विजयवर्गीय
भाजपा महासचिव एवम् बङ्गालका प्रभारी कैलास विजयवर्गीयले सीबीआई अधिकारीवर्गलाई हिरासतमा लिनु संघीय व्यवस्थामाथिको हमला रहेको बताएका छन्। सीबीआई अधिकारी सर्वोच्च न्यायालयको निर्देशमा जाँच कार्य गरिरहेको भन्दै पुलिसले उनीहरूलाई हिरासतमा लिनु निन्दनीय रहेको बताएका छन्।  
भाजपा संवैधानिक सङ्कट सिर्जना गर्न चाहन्छ - डेरेक
तृणमूल कङ्ग्रेस सांसद अनि प्रवक्ता डेरेको ओ ब्रायनले भाजपाले षडयन्त्र गरेर संवैधानिक सङ्कट सिर्जना गर्न खोजिरहेको आरोप लगाएका छ। सीबीआईले कोलकोता पुलिस आयुक्तको घरलाई घेर्नुको घट्नाले संस्थागत गरीमालाई भाजपाले नष्ट गर्न खोजेको पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad