सीबीआई कार्वाहीको विरोधमा केन्द्र सरकार विरुद्ध ममता ब्यानर्जीको धर्नामा पहाडबाट गोजमुमो नेतृत्व सामेल हुने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, February 4, 2019

सीबीआई कार्वाहीको विरोधमा केन्द्र सरकार विरुद्ध ममता ब्यानर्जीको धर्नामा पहाडबाट गोजमुमो नेतृत्व सामेल हुने

सीबीआईजस्तो सशक्त अनि स्वतन्त्र संस्था भाजपाको निम्ति राजनैतिक हतियारको रूपमा प्रयोग भइरहेको छ – विनय तामाङ
गफसफ.com, दार्जीलिङ, 4 फरवरी।
केन्द्र सरकारले सीबीआईलाई राजनैतिक फाइदाको निम्ति प्रयोग गरेको भन्दै धर्नामा बसेकी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको धर्नामा गोर्खा जनमुक्ति मोर्चाका नेताहरू पनि समावेश बनेर एकवद्धता देखाउने भएको छ। गोजमुमो अध्यक्ष विनय तामाङको नेतृत्वमा पार्टीका महासचिव अनित थापा, विधायक अमरसिंह राई, रोहित शर्मा, सञ्चबीर सुब्बा होलि कोलकोता पुगेर मुख्यमन्त्री ममता ब्यानर्जीको धर्नामा सामेल बन्ने भएका छन्। यसबारे विनय तामाङले जानकारी दिएका छन्।

‘राजनैतिक लाभको निम्ति केन्द्र सरकारले केन्द्रिय सस्ंथालाई हाईज्याक गरेको विरोधमा तृणमूल कङ्ग्रेस नेत्री ममता ब्यानर्जीको धर्नामा भोलि समावेश भएर हामी हाम्रो एकवद्धता देखाउनेछौँ’ गोजमुमो अध्यक्ष विनय तामाङले भनेका छन्। यसक्रममा उनले सीबीआईलाई देशमा निष्पक्ष जाँच एजेन्सिको दृष्टिले हेरिने गरे पनि भाजपाले यसलाई राजनैतिक हतियारको रूपमा प्रयोग गरिरहेको विनय तामाङले आरोपलगाएका छन्।
‘गणतान्त्रिक देश भारतमा सीबीआईलाई एक उच्च, निष्पक्ष जाँच संस्थाको दृष्टिले हेर्ने गर्दछौं। यसैले यस संस्थाको जाँच प्रणालीसित आजसम्म सबैको आशा- भरोषा जोड़िएको छ। तर, बितेको केही महीनाभित्रमा सीबीआईको कार्यप्रणाली अनि सीबीआई अधिकारीहरूको छनौटमा धेरै नाटकबाजीहरू भइरहेको सबैले खुल्लारूपमा देखिरहेका छन् भने पश्चिम बंगालमा सीबीआई जस्तो संस्थालाई पनि राजनैतिक हतियारको रूपमा प्रयोग गरिएको हिजो प्रत्यक्षरूपमा देखियो’ विनय तामाङले भनेका छन्।
यस्ता घटनाहरूले वर्तमानमा सीबीआईको कार्यप्रणालीमाथि दाग अनि बदनामीहरू थोपिने कार्य भएको भन्दै तामाङले सत्तासीन भाजपाले आफ्नो राजनैतिक स्वार्थ अनि रजनैतिक बदलाको भावना लिएर सीबीआईजस्तो स्वतन्त्र अनि उच्च जाँच संस्थालाई दुरूपयोग गरिरहेको आरोप लगाएका छन्।  ‘गणतान्त्रिक भारतको एक स्वतन्त्र अनि उच्च जाँच संस्थामाथि यस प्रकारको दाग अनि बदनामीहरू थोपिनु अति खेदजनक अनि दुर्भाग्यपूर्ण घटना हो’ तामाङले भनेका छन्। 
‘सीबीआईजस्तो सशक्त अनि स्वतन्त्र संस्था पनि वर्तमानमा  भाजपाको निम्ति राजनैतिक हतियारको रूपमा प्रयोग भइरहेको छ। यदि यस्तो हैन भने चुनाउको छेकमा अकस्मात शारदा काण्ड बौराइ उठाउनु अनि चुनाउ हुन केही साताअघिमात्रै राज्यको डीजीपीलाई  पक्राउ गर्ने कोशिष गर्नुको पछिल्तिर के कारण रहेको छ?’ तामाङले प्रश्न तेर्साएका छन्।
यसक्रममा उनले हालको परिस्थितिहरू हेर्दा सीबीआईले आफ्नो स्वतन्त्र शक्ति अनि गरिमालाई लत्याएर चारवर्ष अघिको घटनामाथि राजनैतिकरूपमा प्रेरित भएर कार्य गरिरहेको पनि उनको आरोप रहेको छ।
‘हिजो सीबीआईजस्तो महत्वपूर्ण संस्थाको राजनैतिक स्वार्थ पूरा गर्न खुल्लमखुल्ला दुरूपयोग गरिएको घटना अति नै दुर्भाग्यपूर्ण अनि लज्जाजनक घटना रहेको गोजमुमोले अनुभव गरेको छ। गोजमुमो उक्त घटनाको घोर प्रतिवाद जनाउँदछ अनि यस्तो अगणतान्त्रिक अनि गैर-कानूनी काण्डको विरूद्ध गोजमुमो मुख्यमन्त्री ममता व्यानर्जीको पक्षमा रहेको जनाउँदछ’ विनय तामाङले स्पष्ट भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad