सीबीआई बनाम बङ्गाल सरकार: सर्वोच्च न्यायालयले पुलिस आयुक्तलाई सीबीआई समक्ष पेश हुने दियो निर्देश - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, February 4, 2019

सीबीआई बनाम बङ्गाल सरकार: सर्वोच्च न्यायालयले पुलिस आयुक्तलाई सीबीआई समक्ष पेश हुने दियो निर्देश

गफसफ.com, नयाँ दिल्ली, 5 फरवरी।
पश्चिम बङ्गाल सरकार विरुद्ध सीबीआईको याचिकामाथि सुनवाई गर्दै सुप्रिम कोर्टले ममता ब्यानर्जीलाई झट्का दिएको छ। देशको सर्वोच्च अदालतले कोलकोता पुलिस आयुक्त राजीव कुमारलाई सीबीआई समक्ष पेशी हुने निर्देश दिएको छ। यसक्रममा अदालतले पुलिस आयुक्त राजीव कुमारलाई पक्राउ गर्न नपाउने पनि स्पष्ट निर्देश दिएको छ।

राजीव कुमार सीबीआई समक्ष हुनेछन् पेश
सीबीआईको अवमानना याचिका माथि सुप्रिम कोर्टले पश्चिम बङ्गालको डीजीपी, कोलकोता पुलिस कमिश्नर अनि पश्चिम बङ्गाल सरकारलाई नोटिस पठाएको छ। यस मुद्दाको सुनवाई सुप्रिम कोर्टले आगामी 20 फरवरीको दिन गर्ने भएक छ। अर्कोतर्फ पुलिस आयुक्त राजीव कुमार मामिलामा सीबीआईको याचिमा सम्बन्धमा सुनवाईको अवधी राज्य सरकारको पक्षबाट वकालत गरिरहेको अभिषेक मनु सिंघवीले सीबीआईले यस्तो प्रकारले हडबडी गर्नुपर्ने के आवश्यक्ता थियो भने। उनले न्यायालयमा 5 वर्षमा कुनै पनि मुद्दा दर्ता नगरेको अनि राजीव कुमार विरुद्ध सबुत मेट्ने प्रयास गरेको सन्दर्भमा पनि मुद्दा दर्ता नगरेको बताए।
राजीव कुमारको गिराफ्तरी हुनेछैन – सुप्रिम कोर्ट
सुप्रिम कोर्टमा सीबीआईको तर्फबाट एसआईटीले सम्पूर्ण रिकर्ड नदिएको दाबी गरेको छ जसको कारण त्यहाँ छेँडछाड भएको दाबी गरेको छ। सीबीआईलाई बुझाएको कल रिकर्डमा कम्ती कल देखिएको पनि न्यायालयमा सीबीआईले तर्क दिएको छ। अटर्नी जेनेरल केके वेणुगोपालले राजीव कुमार एसआईटी प्रमुख रहेको बताउँदै जाँचको जुन प्रमाण बुझाइएको छ त्यसमा सन्देह रहेको छ। यसक्रममा सोधपुछको निम्ति गएका सीबीआई अधिकारीवर्गलाई बन्धक बनाएर राखेको पनि न्यायालयमा तर्क पेश गरिएको थियो।
अवमानना सम्बन्धमा 20 फरवरी अघिल्लो सुनवाई
सबैको ध्यान केन्द्रित रहेको मुद्दामाथि सर्वोच्च अदालतले अघिल्लो सुनवाई आगामी 20 फरवरी तय गरेको छ। मामिलाको सुनवाईपछि कोर्टबाट बाहिर आएपछि वरिष्ठ वकिल नलिन कोहलीले चिफ जस्टिस अफ् ईण्डियाको बेञ्चले पुलिस आयुक्तलाई सीबीआई समक्ष पेशी हुने आदेश दिएको बताएका छन्। यसक्रममा उनी विरुद्ध कुनै कठोर कदम उठाउन नपाउने पनि न्यायालयले स्पष्ट पारेको छ।
कसैले देशको बिग बस नसम्झनु – ममता ब्यानर्जी
सुप्रिम कोर्टको फसेलापछि यता बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले कसैले देशको बिग बस नसम्झनु भनि टिप्पणी गरेका छन्। यसक्रममा उनले न्यायालयको आदेशलाई सम्मान गर्ने भन्दै आफुहरूको नैतिक जीत भएको दाबी पनि गरेकी छन्। यसक्रममा उनले सीबीआई बिना नोटिस पुलिस आयुक्तको घर पुगेको पनि दाबी गरेकी छन्।
‘सुप्रिम कोर्टले देशको संविधानलाई बचाएका छन्। यो देशका जनताको जीत हो। यो प्रत्य्के देशवासीको जीत हो’ ममता ब्यानर्जीले भनिन्। यसक्रममा उनले केन्द्र सरकारले राज्यको कामकाजमा हस्तक्षेप गरिरहेको आरोप लगाएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad