युजीआरएफ अध्यक्ष अजय दहालले आगामी लोकसभा चुनाव लड्ने गरे घोषणा; भने –'अब "गर वा मर" आन्दोलनको सूत्रपात गर्नुपर्छ' - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, February 6, 2019

युजीआरएफ अध्यक्ष अजय दहालले आगामी लोकसभा चुनाव लड्ने गरे घोषणा; भने –'अब "गर वा मर" आन्दोलनको सूत्रपात गर्नुपर्छ'

गफसफ.com, कालेबुङ, 6 फरवरी।  
‘केन्द्रमा कसैको पनि सरकार बनोस्, जस्तै च्याम्पियनहरूलाई सांसद बनाएर पठाऊ तर हाम्रो सिप, ज्ञान, तर्क, अनुभव भारतीय संसदीय प्रजातान्त्रिक व्यवस्थाभित्र केन्द्र सरकार, राज्य सरकार अनि राजनैतिक पार्टीहरूको दाउपेच चिर्न सांखिक, आर्थिक, वौधिक लुते अनि विघटित जातिले असम्भव छ। हामी असफल भयौँ, हामी हार्‍यौँ या त हामीले हार मान्नु पर्छ कि त आत्मसमर्पण गर्नपर्छ कि त गर वा मर आन्दोलनको सुत्रपात गर्नुपर्छ’ उक्त कुरा युनाइटेड गोर्खा रेभ्युलेसनरी फ्रण्ट (युजीआरएफ) अध्यक्ष अजय दहालले भनेका हुन्।

धेरै लामो समयसम्म राजनीतिमा मौनता साँचेर बसेका युजीआरएफ अध्यक्ष अजय दहालले आज पत्रकारहरू समक्ष बोल्दै जातिय अस्तित्व बँचाउनका निम्ति संसदमा सांसद बनेर गएपछि आन्द्रा प्रदेशका पोट्टी सिरिमुल्ला 58 दिनसम्म अनशनमा बसेर वीरगति प्राप्त गरेजस्तै ‘मर’ आन्दोलनको सूत्रपात गर्नुपर्ने पनि अजय दहालले बताएका छन्।
‘आन्द्रा प्रदेशमा पोटी सिरिमुल्लाले 58 दिनसम्म अनशन गरेर विरगती प्राप्त गरेजस्तै सोही रणनीति अनुसार पेन्शन पकाउने, रजनैतिक दाउपेच सिने-सिकाउने, ठूलो ठूलो भाषण सुनाउनका निम्ति होइन तर भारतीय संसदमा अनशन बसेर ‘मर’ आन्दोलनको सूत्रपात गर्नको निम्ति संसद चुन्नुपर्ने परिस्थिति छ’ अजय दहालले भने। यसक्रममा यदि मर आन्दोलनको सूत्रपात गर्न कसैमा सामार्थ्य छैन भने त्यो सामर्थ्य युजीआरएफमा रहेको पनि अजय दाहालले बताएका छन्।
यसैक्रममा उनले आगामी दिनमा छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति गोर्खाल्याण्ड आन्दोलनलाई नयाँ उचाईँमा पुर्‍याउन सबैको सहयोग भए अजय दाहाल आफै आगामी लोकसभा चुनावमा प्रार्थी बन्ने पनि घोषणा गरेका छन्। तथापि उनले यदि राम्रा प्रार्थी अन्य कसैले खडा गरे उसैलाई यीजीआरएफले सहयोग गर्ने पनि स्पष्ट पारेका छन्।

के भने अजय दहालले? सुन्न चाहनुहुन्छ भने तलको भिडियो हेर्नुहोस...


No comments:

Post a Comment

Post Bottom Ad