भारत-पाकिस्तान बिच बड्दो तनाव: भारतीय वायु सेनाका वींग कमाण्डर पाकिस्तानी सेनाको कब्जामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, February 27, 2019

भारत-पाकिस्तान बिच बड्दो तनाव: भारतीय वायु सेनाका वींग कमाण्डर पाकिस्तानी सेनाको कब्जामा

गफसफ.com, नयाँ दिल्ली 27 फरवरी।
भारत पाकिस्तानको सीमानामा बड्दो तनावबिच आज विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले मिडियालाई सम्बोधन गरेका छन्। यसक्रममा उनीसँगै एयर मार्शन आरजीके कपुर पनि उपस्थित रहेका थिए। रवीश कुमारले मिडियासँग बात गर्दै भने –‘हिज भारतले जैश ए मोहम्मदको आतङ्की विरुद्ध कार्वाही गर्‍यौँ, किन भने हामीले पोख्त प्रमाण प्राप्त गरेका थियौँ कि पुलवामा हमलापछि त्यहाँ आझै ठूलो आतङ्की हमला गर्ने षडयन्त्र चलिरहेको थियो।’

भारतले गरेको कार्वाही पछि आज पाकिस्तानले भारतीय वायुसिमा उल्लंघन गरेको उनले दाबी गरेका छन्। पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनालाई निशाना बनाएको तर भारतीय वायु सेनाले कडा जवाब दिएको पनि रवीश कुमारले बताएका छन्। यसैक्रममा पाकिस्तानी एयरक्राफ्ट समेत झार्न सफल भएको उनले दाबी गरेका छन्। यसैक्रममा भारतले आफ्नो एउटा लडाकु विमान मिग 21 पनि गुमाउनु परेको उनले आधिकारिक बयान दिएका छन्। उक्त लडाकु विमान क्राश भएको अनि पाइट निखोज रहेको उनले बताएका छन्।
यता सोही लडाकु विमान लिएर गएका विंग कमाण्डर अभिनन्दन वर्तमानलाई पाकिस्तानी सेनाले पक्राउ गरेको पाकिस्तानी मेजर जेनेरल आशिफ गफुरले आधिकारिक ट्वीटर मार्फत जानकारी दिएका छन्। यसक्रममा उनले वींग कमाण्डर अभिनन्दनको फोटो समेत सार्वजनिक गरेका छन् भने उनलाई सैन्य नियम अनुसार हेरचाह गरिने पनि स्पष्ट पारेका छन्।
वींग कमाण्डर अभिनन्दनलाई पाकिस्तानबाट कसरी भारत ल्याउन सकिन्छ?
पाकिस्तानले भारतीय वायु सेनाका वींग कमाण्डर अभिनन्द आफुहरूको कब्जामा रहेको दाबी गरेको छ। यता भारतका विदेश मन्त्रलायका प्रवक्ताले पनि भारतीय वायुसेनाका एक पाइलट लापत्त भएको दाबी गरेको छ। यद्यपी भारत सरकारले लापत्त पाइलटको नाउँ भने अहिलेसम्म सार्वजनिक गरेको छैन।

पाकिस्तानी सेनाले एउटा भिडियो सार्वजनिक गरेर भारतीय पाइलटलाई पाकिस्तानको सीमा क्षेत्रमा पक्राउ गरेको दाबी समेत गरेको छ। भिडियोमा भारतीय वायु सेनाका वर्दी लगाएका एक व्यक्तिलाई आँखामा पट्टी बाँधेर पक्राउ गरेर राखेको देखाइएको छ। उक्त वक्तिले आफैलाई वींग कमाण्डर अभिनन्दन रहेको भिडियोमा बताइरहेका छन्।
यस्तो अवस्थामा साँच्चै भारतीय वायु सेनाका वींग कमाण्डर पाकिस्तानको कब्जामा छन् भने उनलाई भारतमा कसरी फिर्ता ल्याउन सकिन्छ? भन्ने प्रश्न उठिरहेको छ। यसका साथै सामाजिक सञ्जालमा युद्ध होइन वींग कमाण्डरलाई फिर्ता ल्याउ भन्ने माग समेत मानिसहरूले गर्न थालिसकेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad