सन्त अगष्टिन विद्यालयमा सपथ ग्रहण समारोह सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, February 28, 2019

सन्त अगष्टिन विद्यालयमा सपथ ग्रहण समारोह सम्पन्न

गफसफ.com,कालेबुङ, 28 फरवरी।
सन्त अगष्टिन विद्यालयमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। वर्ष 2019 को निम्ति चयनित स्कुल कप्तान, उप-कप्तान, अनि चारवटा दलहरू क्रमैले कञ्चनजङ्घा, एभरेस्ट, फुजियामा अनि म्याटर हर्नका कप्तानहरूलाई एक समारोहमा सपथ ग्रहण गरिएको हो। यस अवसरमा विद्यालयका प्राचार्य फादर जेराड लेप्चा अनि उपप्राचार्य फादर डा. भिक्टोर फर्नान्डिस मुख्य रूपले उपस्थित रहेका थिए।

विद्यालयको डी.जे हलमा सम्पन्न भएको उक्त सपथ ग्रहण समारोहमा विद्यालयका कप्तान विवेक रामुदामुले अन्य उप कप्तान अनि सदनका कप्तानहरूलाई सपथ दिलाएका थिए। यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका उपप्रचार्य फादर डा. भिकोटोर फर्नान्डिसले विद्यार्थीवर्गलाई विद्यालयले नयाँ जिम्मेवारी दिएको बताउँदै उक्त जिम्मेवारीलाई पूर्णरूपले निर्वाह गर्नुपर्ने बताए। उनले विशेष गरेर विद्यार्थीहरू देशका कर्णधारहरू रहेको बताउँदै विद्यालयमा कप्तान अनि उपकप्तान बन्न पाएर अन्यलाई नेतृत्व गर्ने मौका प्राप्त गरेको अनि सही तरिकाले नेतृत्व गर्ने क्षमताको विकास गर्नुपर्ने पनि उनले बताएका छन्।
यसैक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य फादर जेराड लेप्चाले सम्पूर्ण कप्तान अनि उपकप्तानहरूलाई बधाई दिँदै आ-आफ्नो जिम्मेवारी कूशलतापूर्वक निर्वाह गर्ने बताए। यसक्रममा उनले विद्यालयको नाउँ उच्च पार्ने जिम्मेवारी पनि कप्तान अनि उपकप्तानहरूको काँधमा आएको बताउँदै नेतृत्व गर्ने क्षमता विकास गर्नुपर्ने बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad