पाकिस्तानी वायु सेना पस्यो भारतीय सिमाना क्षेत्रमा; भारतीय वायु सेनाले झार्‍यो पाकिस्तानी लडाकु विमान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, February 26, 2019

पाकिस्तानी वायु सेना पस्यो भारतीय सिमाना क्षेत्रमा; भारतीय वायु सेनाले झार्‍यो पाकिस्तानी लडाकु विमान


गफसफ.com, नयाँ दिल्ली 27 फरवरी।
जम्मु काश्मिरको नौसेरामा पाकिस्तानले भारतीय वायु सीमा उल्लंघन गरेर बम बर्साएको छ। समाचार एजेन्सी एएनआईले जम्मु काश्मिरको पुँछ अनि नौसेरामा पाकिस्तानी वायु सेना प्रवेश गरेर हवाई हमलाको प्रयास गरेको खबर प्रकाशमा ल्याएको छ। जसको कारण भारत-पाकिस्तान माझको सम्झन्ध अझै बिग्रने सम्भावना बडेको छ।

पाकिस्तानी हवाई सेनाले भारतीय सीमा क्षेत्रमा प्रवेश गरेर हवाई हमलाको प्रयास गरेपछि यता भारत सरकारले सीमानामा सम्पूर्ण सुरक्षा एजेन्सीहरूलाई हाई अलर्ट गराएको छ। पाकिस्तानी लडाकु बिमान भारतीय सीमा क्षेत्रमा प्रवेश गरेर बम झार्ने प्रयासकै क्रममा भारतीय वायु सेनाले पाकिस्तानी लडाकु बिमान एफ-16 झारेको पनि दाबी गरिएको छ।

समाचार एजेन्सी अनुसार उक्त लडाकु विमान भारतीय सीमाको तीन किलोमिटर भित्र घुसपैठ गरेको थियो। जसको भनक पाउनेसाथ भारतीय वायु सेनाले उक्त पाकिस्तानी लडाकु बिमानलाई ध्वस्त पारेको छ। यसक्रममा उक्त लडाकु विमानबाट एक प्यारासुट झरेको देखिए पनि पाइलटबारे कुनै जानकारी प्राप्त नभएको एएनआईले बताएको छ।
यसैक्रममा समाचार एजेन्सी पीटीआई अनुसार पाकिस्तानी वायु सेनाले आकसबाट बम बर्साए पनि उक्त बमले कुनै नोक्सानी नभएको बताएको छ। यता उक्त घट्नापछु सुरक्षालाई मध्यनजर राखेर जम्मु, श्रीनगर, लेह अनि पठानकोटमा हाई अलर्ट जारी गरिएको छ। यसका साथै जम्मु काश्मिरको तीनवटै हवाई अड्डाहरू जम्मु, श्रीनगर अनि लेहबाट उडान भर्ने बिमानहरू सबै रद्द गरिएको छ। यद्यपी यसबारे भारत सरकारले कुनै आधिकारिक बयान भने जारी गरेको

No comments:

Post a Comment

Post Bottom Ad