22 औँ पारसमणि प्रधान पुरस्कार कवि नोर्जाङ स्याङदन सम्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, February 26, 2019

22 औँ पारसमणि प्रधान पुरस्कार कवि नोर्जाङ स्याङदन सम्मानित

गफसफ.com, कालेबुङ, 26 फरवरी।
नेपाली साहित्यको विकासमा निरन्तर योगदान पुर्‍याउँदै आइरहेका कवि नोर्जाङ स्याङदेनलाई 22 औँ पारसमणि पुरस्कार प्रदान गरिएको छ। नेपाली साहित्य अध्ययन समिति, कालेबुङले आज पारसमणि जयन्तीको अवसरमा स्याङदेनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

कालेबुङको टाउन हलमा आयोजिक एक कार्यक्रममा स्याङदेनलाई मुख्य अतिथिका रूपमा उपस्थित कवि मनप्रसाद सुब्बा अनि विशिष्ट अथितिका रूपमा उपस्थित राजेन्द्र भण्डारीको बाहुलीबाट उक्त पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा उनलाई नगर राशी 15 हजारसँगै स्मृति चिन्ह, प्रशस्ती पत्र प्रदान गरि 22औँ पारसमणि पुरस्कारले सम्मानित गरिएको हो।
मुर्छना कविता सङ्ग्रह प्रकाशित पछि नेपाली साहित्यमा चर्चित बनेका नोर्जाङ स्याङदेन आजपर्यन्त साहित्य साधनामा लागि परेका छन्। हल्लाहरूको पछि कुदेर साहित्यको ढोङ नपिट्ने कवि नोर्जाङ स्याङदन चुपचाप कविता सिर्जना गर्न रूचाउने कवि हुन्। उनको साहित्यिक योगदानलाई कदर गरेर नै कालेबुङको नेपाली साहित्य अध्ययन समितिले यस वर्षको 22 औँ पारसमणि पुरस्कार प्रदान गरेका हुन्। मुर्छना कवितासङ्ग्रह पछि उनका कविताजस्तै कविताहरूराग रन्थरूमाकविता सङ्ग्रह निकाले प्रकाशित रहेका छन्।

22 औँ पारसमणि पुरस्कारले सम्मानित भएपछि कवि नोर्जाङ स्याङदेनले कार्यक्रमलाई सम्बोधन गर्दै आफुलाई पुरस्कार प्राप्त गर्ने लायकको सम्झेर सम्मान गरेकोमा अध्ययन समितिप्रति आभार प्रकट गरेका छन्। यसक्रममा उनले निरन्तर कविता लेखनमा भन्दा गुणस्तरीउअ कवि लेखनमा विश्वास गर्ने गरेको पनि बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मुख्य अतिथि कवि मनप्रसाद सुब्बाले आफुहरू आधुनिकतावाट प्रभावित बनेर कविता लेख्नेगरेको अनि पछिबाट बेग्ला-बेग्लै धारमा कविता लेख्ने गरेको पनि बताए। यसक्रममा उनले स्याङदेनको कवितामा अध्यात्मिक चेतनाको अभिव्यक्ति रहने पनि बताउँदै उनका कवितालाई गहतासाथ पठन गर्न बाँकी रहेको पनि बताएका छन्।
नेपाली साहित्य अध्ययन समितिका सचिव बलभद्र शर्माद्वारा सञ्चालित कार्याक्रममा सीताराम काफ्लेले पारसमणि प्रधानको जीवनीबारे बताएका थिए भने मुन्नु गौतमले कवि नोर्जाङ स्याङदनको जीवनीमाथि बिचार राखेका थिए। यस अवसरमा अन्य साहित्यकारहरूको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad