सिब्सुका सहिदहरूलाई सम्झिए विमल गुरुङले; भने -‘सहिदको सपनालाई हामी जसरी भए पनि पुरा गर्नेछौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, February 8, 2019

सिब्सुका सहिदहरूलाई सम्झिए विमल गुरुङले; भने -‘सहिदको सपनालाई हामी जसरी भए पनि पुरा गर्नेछौँ’

गफसफ.com, कालेबुङ 8 फरवरी।
‘गोर्खाल्याण्डको निम्ति तीन सङ्ग्रामी युवाहरू विक्की लामा, विमला राई अनि निता खवासले सिब्सुमा प्राणको आहुती दिएको पनि आज 8 वर्ष पुगेर 9 वर्ष लाग्यो। आजपनि हाम्रो माग जहाँको त्यहीँ नै छ। हामीले हाम्रो तर्फबाट प्रयासमा कमी ल्याएको छैनौँ। हामीले कहिल्यै राज्यको दबावलाई टेरेनौँ। आज पनि हामी घरबार त्यागेर सहिदको सपनालाई मनप्राणमा राखेर एउटा घोषित लडाईँ लडेरहेकै छौँ’ उक्त कुरा गोर्खा जनमुक्ति मोर्चाका भूमिगत नेता विमल गुरुङले एक प्रेस विज्ञप्ती जारी गरेर भनेका हुन्।

उनले सिब्सुमा गोर्खाल्याण्ड आन्दोलनको क्रममा सहिद बनेकाहरूलाई सम्झना गर्दै ‘सहिदको सपनालाई हामी जसरी भएपनि पुरा गर्नेछौँ’ समेत भनेका छन्। यसक्रममा उनले गोर्खाल्याण्डसँग कहिल्यै सम्झौता नगरेको दाबी गरेका छन्। ‘हामीले आज सम्झौता गरेको भए सत्तामा हुनेथियौँ, तर हामीले सहिदको सपनालाई सम्मान गर्‍यौँ अनि आफ्नो जातिको स्वाभिमानलाई झुक्न दिएनौँ’ गुरुङले विज्ञप्तिमा भनेका छन्।
उनले जारी गरेको विज्ञप्तीमा अहिलेसम्म लक्ष्य प्राप्त गर्न नसक्नुमा विभिषणहरू जन्मिरहेकोले गर्दा रहेको पनि दाबी गरेका छन्। ‘हामीले अहिलेसम्म लक्ष्य हासिल गर्न नसएको कारण हामीभित्र विभिषणहरू जन्मिरहेकोले गर्दा हो। ती विभिषणहरूलाई सथ दिनेहरूले नै गोर्खाल्याण्डको मार्गमा बाधा दिने विभिषणहरू हुन्’ विमल गुरुङले भनेका छन्। यसक्रममा उनले बलिदान दिवसको अवसरमा सहिदको सपनालाई पुरा गर्ने संकल्प गर्नुपर्ने आह्वान पनि गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad