गफसफ.com, कालेबुङ, 1 फरवरी।
गोर्खाल्याण्डको मुद्दालाई लिएर मुख्यमन्त्री
ममता ब्यानर्जीसँग ३६को आँकडा भएको गोर्खा जनमुक्ति मोर्चाका भूमिगत नेता विमल
गुरुङ गुटले पुन: एकचोटी उनै मुख्यमन्त्री ममता ब्यानर्जीसँग वार्ताबस्ने भन्दै
पत्रचार गरेको छ। गोजमुमो भूमिगत नेता विमल गुरुङ गुटका महासचिव रोशन गिरीले
मुख्यमन्त्रीलाई पार्टीको पक्षबाट पत्रचार गरेर वार्तामा बस्ने ईच्छा जाहेर गरेको
एक प्रेस बिज्ञप्ति जारी गरेर बताएका छन्।
![]() |
FILE PHOTO |
भूमिगत नेता रोशन गिरीले आज जारी
गरेको प्रेस विज्ञप्तिमा दार्जीलिङ, तराई-डुवर्सलाई लिएर सन् १९०७ देखि नै छुट्टै प्रशासनिक
व्यवस्थाको माग उठेको भन्दै सन् १९८६ देखि २०१७ सम्म पनि दार्जीलिङ गोर्खा
पार्वत्य परिषद र गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन जस्त अर्द्ध स्वयात्त
व्यवस्थाहरूमा टुङ्गिएको अनि उक्त व्यवस्थाहरूले जेनताको आकाङ्क्षा पुरा गर्न
नसकेको दाबी गरेका छन्।
यस्तो अवस्थामा गत 23 जनवरीका दिन पश्चिम
बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङमा नेताजी जयन्तीको अवसरमा गोर्खाहरूको
राष्ट्रिय सुरक्षा अनि परिचयको संकटलाई समाधान गर्ने घोषणा गरेको स्मरण गर्दै
मुख्यमन्त्री ब्यानर्जीको उक्त बयानलाई गोजमुमो
(विमल गुरुङ गुट) का महासचिव रोशन गिरीले एक प्रेस विज्ञप्ति जारी गरेर स्वागत जनाएका
छन्। मुख्यमन्त्री ममता ब्यानर्जीको उक्त बयानको स्वागत गर्ने क्रममा नै गिरीले
आफुहरू वार्तामा बस्न तयार रहेको समेत बताएका छन्।
‘पश्चिम बङ्गालकी मुख्यमन्त्री
सुश्री ममता बेनर्जीले २३ जनवरी २०१९ को दिन दार्जीलिङमा आएर गोर्खाको परिचय सङ्कटको
सुरक्षा र पहाडको दीर्घकालिन राजनैतिक समस्याको स्थायी समाधान विषयमा दिएको
वक्तव्यको म स्वागत जनाउँदछु’ रोशन गिरीले विज्ञप्तीमा भनेका छन्।
यसक्रममा उनले जीटीए जस्तो
व्यवस्थाले जनताको आकाङ्क्षा पुरा गर्न सक्दैन भन्ने कुरा मुख्यमन्त्री ममता
ब्यानर्जीले अनुभूत गरेको बताएका छन्। ‘जातिको वर्तमान स्थिति अनि जीटीए जस्तो वर्तमान व्यवस्थाले जनताको आकाङ्क्षा
पुरा गर्न नसक्ने कुरालाई मुख्यमन्त्री ममता बेनर्जीले अनुभूत गर्नु अनि स्वीकार
गर्नु स्वागतयोग्य कदम हो’ रोशन गिरीले अझ भनेका छन् – ‘यसैले, मैले एउटा पत्र पठाएर हाम्रो पक्षबाट मुख्यमन्त्रीको सोँच
अनि वक्तव्यको समर्थन जनाएको छु अनि उहाँद्वारा लिइने जनताको दीर्घकालिन लम्बित
मागलाई लिएर उहाँले वार्ता तथा बहसमा बस्ने हाम्रो इच्छालाई अवश्यै मानिलिनुहुनेछ
भनि विश्वास गर्दछु।’
No comments:
Post a Comment