लोकसभा चुनावलाई लिएर गोर्खा जनमुक्ति मोर्चाले 5 फरवरी खर्साङबाट रणनीति सार्वजनिक गर्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, February 2, 2019

लोकसभा चुनावलाई लिएर गोर्खा जनमुक्ति मोर्चाले 5 फरवरी खर्साङबाट रणनीति सार्वजनिक गर्ने

रोशन गिरीले पत्र लेखर वार्तामा बस्छु भन्नु मौकावादी सोँचको उपज हो – भुवन खनाल
गफसफ.com, कालेबुङ, 2 फरवरी।
गोर्खा जनमुक्ति मोर्चाले लोकसभा चुनावलाई लिएर आगामी 5 फरवरीका दिन खर्साङमा केन्द्रिय समितिको वैठकबाट पार्टीको भावी रणनीति तय गर्ने भएको छ। यसबारे गोजमुमो केन्द्रिय समितिका सह-सचिव ज्योति कुमार राईले जानकारी दिएका छन्। उनी आज कालेबुङमा पार्टीको साङ्गठनिक सभामा भाग लिन आएका थिए। यसैक्रममा उनले आगामी 5 फरवरीका दिन खर्साङबाट गोजमुमो पार्टीले लोकसभा चुनावको सम्पूर्ण भावी रणनीति र कार्यक्रम तय गर्ने बताएका हुन्।

‘आगामी 5 फरवरीका दिन खर्साङमा केन्द्रिय समितिको वैठक हुनेछ अनि त्यसै वैठकमा आगामी लोकसभाबारे पार्टीले रणनीति तय गर्नेछ’ ज्योतिकुमारा राईले अझ भने –‘वैठकमा लोकसभामा चुनावको प्रार्थी लगायत सबै बिषयमा रणनीति बनाउनेछौँ।’
यसभन्दा अघि कालेबुङको पार्टी कार्यलयमा बसेको सभामा आगामी लोकसभा चुनावलाई केन्द्रबिन्दुमा राखेर व्यापक विमर्श गरेपछि कालेबुङ जिल्ला स्तरीय 43 सदस्यीय को-अर्डिनेसन कमिटि गठन पनि गरिएको छ। यस अवसरमा पार्टीका केन्द्रिय चुनाव परामर्श समितिका सदस्यवर्गको पनि विशेष उपस्थिति रहेको थियो। लोकसभा चुनावलाई लिएर तयारी सुरु गरिसकेको गोर्खा जनमुक्ति मोर्चाले आज गठन गरेको 43 सदस्यीय को-अर्डिनेसन कमिटिका संयोजकका रूपमा भुनव खनाल अनि पञ्कज छेत्रीलाई चयन गरिएको छ भने उक्त कमिटिले आगामी दिन समष्टी स्तरीय अनि बुथ स्तरीय चुनाव कमिटि गठन गर्ने भएको पनि गोजमुमो सह-सचिव ज्योति कुमार राईले बताएका छन्।
यसैक्राममा उनलाई भूमिगत नेता रोशन गिरीले मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरेर वार्तामा बस्ने ईच्छा जाहेर गरेको सन्दर्भमा प्रश्न गर्दा रोशन गिरीलाई अघिबाटै गोजमुमो पार्टीबाट निस्काशित गरिसकेको कारण उनको पठाएको पत्रको कुनै महत्व नहुने बताएका छन्।
‘गोजमुमो पार्टीको संविधानको आधारमा 1 अप्रेल 2018 का दिन पार्टीको चुनाव भएको थियो। त्यसै चुनावमा विनय तामाङ पार्टीका अध्यक्ष अनि अनित थापा महासचिव चुनिएका हुन्। यसकारण रोशन गिरीको बयान पार्टीको होइन व्यक्तिगत बयान हो’ ज्योतिकुमार राईले भने।
उनले पार्टीको संविधान अनुसार चुनाव भएर नयाँ अध्यक्ष अनि सचिव लगायत अन्य पदाधिकारीवर्गको चयनित भएपछि गिरीको बयानलाई पार्टीले कुनै महत्व नराख्ने पनि स्पष्ट पारेका छन्।
यता सोहि सन्दर्भमा गोजमुमो कालेबुङ जिल्ला समितिका प्रवक्ता एवम् को-अर्डिनेसन कमिटिका संयोजक भुवन खनाले गोजमुमो पार्टीका भूमिगत नेता रोशन गिरीले मुख्यमन्त्रीलाई पत्रचार गरेर वार्तामा बस्ने ईच्छा जाहेर गर्नुको पछाडी उनको मौकावादी चरित्र उदाङ्गो भएको दाबी गरेका छन्।
‘रोशन गिरीको बयान मौकावादी सोँच हो। यसभन्दा अघि पाँचवर्षसम्म उनीहरू सत्तामा बस्दा राज्यसरकारसँग झगडा मात्रै गरिरहे। तर आज हाम्रा नेता विनय तामाङ अनि अनित थापाको नेतृत्वमा राज्य सरकारसँग सुमधुर सम्बन्ध सिर्जना भएर मुख्यमन्त्री आफैले गोर्खाहरूलो दिर्घकालिन परिचयको संकट समाधान गर्छु भनेर बयान दिनु महत्वपूर्ण उपलब्धि हुन् अनि यता त्यसपछि रोशन गिरीले मुख्यमन्त्रीलाई धन्यवाद दिँदै वार्तामा बस्छु भन्ने चाहीँ एकवर्ष अघि विनय तामाङ अनि अनित थापाले लिएर निर्णय नै सही थिएछ भन्ने प्रमाणित गर्छ’ भुवन खनालले भने।
Minor girl Child Dead body Missing … GJM Announce Election Strategy on 5th feb 19

No comments:

Post a Comment

Post Bottom Ad