गोजमुमो विमल गुटका समर्थक मानिने सुरज बागदास अनि छोडेन सिमिक तृणमूल कङ्ग्रेसमा सामेल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, January 31, 2019

गोजमुमो विमल गुटका समर्थक मानिने सुरज बागदास अनि छोडेन सिमिक तृणमूल कङ्ग्रेसमा सामेल

गफसफ.com, कालेबुङ, 31 जनवरी।
गोजमुमो पार्टीका भूमिगत नेता विमल गुरुङका कट्टर समर्थकहरू मानिने सुरज बागदास अनि छोडेन सिमिक तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। उनीहरूले आज राज्यमा सत्तासिन रहेको तृणमूल पार्टीको झण्डा ग्रहण गर्दै ‘भावानात्मक’ राजनीतिबाट बाहिर निस्केर ‘व्यावाहारिक’ राजनीतिमा प्रवेश गर्न नै तृणमूल कङ्ग्रेसमा सामेल भएको घोषणा गरेका छन्।

गोजमुमो पार्टी त्यागेर तृणमूल कङ्ग्रेस पार्टीको झण्डा ग्रहण गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै सुरज बाग्दासले राज्य सरकारले विकासको कार्यहरू गरिरहेको अनि त्यहीँ नै व्यावहारिकता रहेको बताउँदै आफुहरू व्यावाहारिक बनेर तृणमूल कङ्ग्रेसमा सामेल भएको बताएका छन्।
‘भावनामा डुब्नु भन्दा व्यावहारिक बनेर तृणमूल कङ्ग्रेसको नीति र सिद्धान्तलाई मानेर आज यस पार्टीको सदास्यता ग्रहण गरिरहेको छु’ सुरज बागदासले भने। यसक्रममा उनले हालमा तृणमूल सरकारले बिकास कार्यहरू गरिरहेको दाबी गर्दै ‘कुलोबाट पानी ल्याउनु भन्दा मोहनबाटै पानी ल्याउनु ठिक हुनेछ’ भनेर तृणमूलमा सामेल भएर बिकास कार्यहरू गर्न चाहेको पनि स्पष्ट पारेका छन्।
यसैक्रममा गोजमुमो पार्टी त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छोडेन सिमिकले पनि पत्रकारहरूसँग बोल्दै आफुहरूले अहिलेसम्म केवल आश्वासन मात्रै पाइरहेको कारण अब तृणमूल कङ्ग्रेस पार्टीमा समावेश भएर गाउँ ठाउँको विकास गर्न चाहेको बताएका छन्।

1 comment:

  1. भावनात्मक भन्दा व्यावहारिक राजनीति नै ठिक हो तर Master plan, Infruscture वा 5th YEAR plan नै नभएको बिकास त टालटुले काम मात्र हो त र यस्तो कर्म काण्डलाई बिकासको नाम दिनु त हाम्रो आँखामा बंगाल सरकारले धूलो हाल्न खोज्नु बाहेक केही पनि होइन र झूठ बोलेर पार्टी बदलिनु भन्दा त जनताहरूलाई सत्य कुरो बताए माफ पनि पाइन्छ कारण जीवन त यही ठाउमा नै बिताउनु पर्छ औ जनताहरूले त लेखाजोखा त राखेको नै हुनछ।

    ReplyDelete

Post Bottom Ad