पुलवमा हमलाको जवाबी कार्वाही; भारतले पाकिस्तामना पसेर गर्‍यो हवाई हमला - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, February 25, 2019

पुलवमा हमलाको जवाबी कार्वाही; भारतले पाकिस्तामना पसेर गर्‍यो हवाई हमला

गफसफ.com, नयाँ दिल्ली 26 फरवरी।
भारतीय वायु सेनाले पुलवामा हमलाको जवाबी कार्वाही गरेको छ। भारतीय वायु सेनाले आज मध्य राती (बिहनी पख) 3:30 बजे भारत-पाकिस्तान सिमान क्षेत्र एलओसीमा भारतीय आयु सेनाको 12 मिराज बिमानले आतङ्की ठिकानामा हमला गरेका छन्। आतङ्कवादी सङ्गठन जैशको ठिकानामा वायु सेनाले हवाई हमला मार्फत बम खसालेका छन्। यसबारे भारतको विदेश मन्त्रालयले आधिकारिक प्रेस कन्फरेन्स गरेर जानकारी दिएको छ।
भारतीय वायु सेनाले गरेको हवाई हमलामा आतङ्की सङ्गठन जैशको ट्रेनरको मृत्यु समेत भएको दावी गरिएको छ। पछिल्लो दुई दशकदेखि पाकिस्तानमा सक्रिय रहेको आतङ्की सङ्गठन जैश विरुद्ध भारतले कार्वाहीको माग गर्दै आएपनि आजसम्म पाकिस्तानले कार्वाही गर्नको साटो उल्टै संरक्षण दिएर राखेको थियो। यस्तो अवस्थामा गत 14 फरवरीको दिन आतङ्की सङ्गठन जैशले पुलवामामा सीआरपी जवानहरूको काफिलामा आत्माघाती विस्फोट गरेपछि त्यसैको जवाबी कार्वाही भारतीय वायु सेनाले गरेको छ।
भारतीय वायु सेनाले पाकिस्तानको बालाकोटमा ठूलो कार्वाही गरेको अनि उक्त कार्वाही सफलतापूर्वक भएको वायु सेनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै राष्ट्रपतिलाई समेत जानकारी दिइएको छ।
‘हिज राती भारतीय वायु सेनाले पाकिस्तानको बालाकोटमा बडी कार्वाही गरेको छ जसमा जैश ए मोहम्मदको धेरै आतङ्की अनि जेहादी मारिएका छन्। हाम्रो निशानामा आतङ्क्की थिए अनि हामीले पूर्णरूपले सावधनी अप्नाएर कुनै पनि आम नागरिकको मृत्यु नहोस भन्ने योजना बनाएर कार्वाही गर्‍यौँ’ विदेश सचिव एवम विदेश मन्त्रलायका प्रवक्ता बिजय गोखलेले भने।
यसक्रममा उनले बालाकोटको कैममा एयर स्ट्राइक गरेको अनि त्यहाँ जैशको कमाण्डर मौलाना युसुफ अजहर ट्रेनिङ कैम्प चलाउने गरेको पनि उनले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad