11 गोर्खा जातिलाई जनजातिको मान्यता दिए अनुप्रवेशकारी गोर्खाहरूको सङ्ख्या बड्ने आरटीआई रिपोर्टको खुलासा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, February 9, 2019

11 गोर्खा जातिलाई जनजातिको मान्यता दिए अनुप्रवेशकारी गोर्खाहरूको सङ्ख्या बड्ने आरटीआई रिपोर्टको खुलासा

गफसफ.com, दार्जीलिङ, 9 फरवरी।
11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता दिनुको साटो केन्द्रिय जनजाति मामिला मन्त्रालयले उल्टै उक्त जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिएको खण्डमा देशका विभिन्न राज्यहरूमा नेपाली अनुप्रवेशकारीहरूको संख्या बड़ेर जानेछ भनेर भारतीय गोर्खाहरूको नागरिकतामाथि नै शङ्का व्यक्त गरेका छन्। गोर्खा समुदायको 11 वटा जातगोष्ठीहरू क्रमैले थामी, खस, नेवार, राई, जोगी, देवान, सुनवार, गुरूङ, मगंर अनि भुजेल अनि धिमाललाई केन्द्रिय जनजातिको मान्यता प्रदान गर्नुको साटो यी जातगोष्ठीको नागरिकतामाथि प्रश्नचिह्न उठाइएको छ, यसको जवाब अब केन्द्रमा सत्तासीन भाजपा अनि प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुपर्नेछउक्त कुरा गोजमुमो पार्टी अध्यक्ष विनय तामाङले भनेका हुन्।

दार्जीलिङ पहाड़बाट जनजातिको मुद्दामाथि गरिएको एउटा आरटीआईको जवाबमा केन्द्रिय जनजाति मामिला मन्त्रालयले स्पष्टरूपमा यसो भनिएको छ–“ उक्त समुदाय सम्पूर्ण उत्तर-पूर्वी क्षेत्र, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश आदिक्षेत्रहरूमा फैलिएर बसेको छ। यसैले उक्त मागलाई मान्यता दिइएको खण्डमा यी राज्यहरूमा बस्ने ती नेपालीहरूबाट पनि यस्तै प्रकारको मागहरू उठ्न सक्छ अनि यदि उक्त समुदायलाई जनजातिको मान्यता प्रदान गरेको खण्डमा भविष्यमा नेपाली अनुप्रवेशकारीहरूको संख्या पनि बड़ेर जान सक्छ।राजीब प्रकाश, निर्देशक, सी एण्ड एलएम डिभिजन, जनजाति मामिला मन्त्रालयद्वारा सोसियो-इकोनमिक डेभलोभमेन्ट रिक्वायर्मेन्ट्स अफ सिक्किम-मेमोरेण्डम, मिति, 09.06.2014 मा यस्तो पनि उल्लेख गरिएको छ- ती मानिसहरू जसले जनजातिको निम्ति प्रस्ताव गरिरहेका छन्( थामी, बाहुन, छेत्री,सन्यासी/जोगी,नेवार,किराँती खम्बु राई, किराँत देवान, सुनवार, गुरूङ, मङ्गर अनि भुजेल) नेपाली मूलका हुन्। यी सबै समुदायहरूलाई जनजातिको मान्यता प्रदान गरिएको खण्डमा सिक्किमका लगभग सबै स्थायी वासिन्दाहरू जनजाति बन्नेछन्, अनि यसले अरू अन्य पछौटे वर्गका समुदायहरू जस्तै लेप्चा, भोटिया (अनुसूचित जनजाति समुदाय हुन्) आदिलाई नोक्सान हुनेछ अनि उनीहरू वञ्चित बन्न सक्छन्।
भारतीय गोर्खाहरूको राष्ट्रिय चिह्नारी अनि राजनैतिक सुरक्षाको मागमा लामो समयदेखि आन्दोलित छन् र उक्त सङ्कटको समाधान हुन्छ भनेर नै विगत लामो समयदेखि एनडीएसित आवद्ध पनि रहिआएका छन्। चुनाउको घोषणा पत्रमा समेत दार्जीलिङ पहाड़ अनि तराई डुवर्सको लामो समयदेखि थाँतीमा रहेको मागलाई सहानुभूतिपूर्वक विचार गरिने भनेर भाजपाले उल्लेख गरेको हो। यसबाहेक प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयँले गोर्खाको सपना मेरो सपना समेत भनेका हुन्, साथै 11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिने समेत वचन दिएका हुन्। तर आज आएर उक्त मुद्दाहरू पूरा गरिनुको साटो उल्टै नेपाली अनुप्रवेशकारी भनेर गोर्खाहरूको राष्ट्रियतामाथि शङ्का गरिनु केन्द्रमा सत्तासीन भाजपाको कस्तो नीति हो? भनेर विनय तामाङ्ले प्रश्न तेर्साएका छन्।
केन्द्रिय जनजाति मामिलाबाट दिइएको आरटीआईको उक्त जवाबले भाजपाले गोर्खाहरूको राष्ट्रियतामाछि पनि प्रश्नचिह्न लगाएको बुझिन्छ। किनभने जनजातिको मान्यता प्रदान गरिएको खण्डमा अनुप्रवेशकारीहरू भित्रिने सन्देह व्यक्त गरिनु भनेको भारतीय गोर्खाहरूलाई नेपालका नेपालीहरूसगं दाँजेर हेर्नु हो भन्ने स्पष्ट भएको पनि तामाङले बताएका छन्।
केन्द्रिय जनजाति मामिलाद्वारा जारी गरिएको उक्त आरटीआईको जवाबले केन्द्र सरकारको मनोभाव स्पष्ट गराएको छ भने गोर्खाहरूलाई हरेक क्षेत्रमा भाजपाले केवल धोकामात्र दिइरहेको पनि तामाङले दाबी गरेका छन्। ‘भाजपाको गोर्खाहरूप्रति रहिआएको यही नियतको विरोध हामींले गरिरहेका हौं। वास्तवमा भाजपा गोर्खाहरूप्रति रत्तिभर इमान्दार छैनन् भन्ने विगतका थुप्रै घटनाहरूसमेतले स्पष्ट बनाइसकेको छ’ विनय तामाङले भने।
गोर्खाहरूलाई दिएको वचन पूरा गर्नुको साटो देश स्वतन्त्र हुनभन्दा धेरै लामो समयदेखि बसोबासो गर्दै आइरहेको गोर्खाहरूलाई नेपालको नागरिकतासित दाँजेर हेर्ने केन्द्र सरकार अनि भाजपाको आफुहरूले घोर विरोध गर्ने पनि तामाङले बताएका छन्। ‘भारतीय गोर्खाहरूको नागरिकतामाथि शङ्का गर्ने भाजपालाई कुनै अधिकार छैन। यदि भारतीय गोर्खाहरूलाई नेपाली मूल अनि नेपालको नागरिकतासित दाँजेर उनीहरूको भारतीय राष्ट्रियतामाथि शङ्का गर्छन् भने देशभरिका गोर्खाहरूको आक्रोस उनीहरूले झेल्नुपर्नेछ। भाजपाले आजसम्म गोर्खाहरूको मित्रता अनि इमान्दारितामात्रै देखेको छ, अब गोर्खाहरूको आक्रोस अनि विद्रोह पनि देख्नेछ’ तामाङले भने।
यसबाहेक गोर्खाको सपना मेरो सपना भन्ने नरेन्द्र मोदीले हिजो सिप्सुकै मैनागढ़ीमा आएर पनि गोर्खा अनि गोर्खाहरूको सपनाबारे यसपल्ट एक शब्द नबोले भन्दै २०१६ मा मदारीहाटबाट ११ गोर्खा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिने वचनसमेत दिएका नरेन्द्र मोदीले हिजो न त जनजातिको मुद्दामाथि कुरा गरे न त गोर्खाहरूलाई न्याय दिने सन्दर्भमा नै कुरा गरे भनि विनय तामाङले बताएका छन्। ‘एक जिम्मेवार प्रधानमन्त्रीको पदमा रहेर गोर्खाहरप्रति कतिको सोचॅ राख्दोरहेछ सो 8 फरवरीमा मैनागुडी दिएको भाषणबाट स्पष्ट हुन्छ  - उनले भने भानुभक्त आचार्यको कर्मभूमि डुवर्स हरे - यो अति नै हाँस्यास्पद कुरो हो’ तामाङले भने।
यसक्रममा संसदको बजेट सत्रमा पनि एघार जात गोष्टिलाई जनजातिको मान्यता दिने बील पेश हुने सम्भावना नरहेको बताएका छन्। ‘अझैपनि भारतीय जनता पार्टीमाथि विश्वास र समर्थन दिने विमल गुरुङ , रोशन गिरी, वी पी बजगाईं,  लिला गुरूङ र विमल रोशनको पछि अझै हिडनेले के जवाब दिने ? बजट शत्रपनि 13 फरवरीमा सकिन्छ- खोई 11 जातिको बील?’ तामाङले प्रश्न गरे। यसक्रममा उनले गोर्खाहरूलाई भावनामा होइन यथार्थमा बाँचेर भावी रणनीति बनाई लक्ष्य हासिल गरौं भनि आह्वान समेत गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad