लोकसभा चुनाव 2019: दार्जीलिङ आसनबाट प्रधानमन्त्री मोदी अथवा भाजपा अध्यक्ष अमित शाह नै खडा भए पनि हामी पराजित गर्नेछौँ – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, February 8, 2019

लोकसभा चुनाव 2019: दार्जीलिङ आसनबाट प्रधानमन्त्री मोदी अथवा भाजपा अध्यक्ष अमित शाह नै खडा भए पनि हामी पराजित गर्नेछौँ – विनय तामाङ

गफसफ.com, कालेबुङ 8 फरवरी। 
‘दार्जीलिङ लोकसभा समष्टिबाट यसपालि हामी भाजपालाई हारको स्वाद चखाउनेछौँ। यहाँबाट भाजपा अध्यक्ष अमित शाह होस अथवा प्रधानमन्त्री नरेन्द्र मोदी नै चुनावमा खडा भए हामी उनीहरूलाई पराजित गरेर हारको स्वाद दिलाउनेछौँ’ – उक्त कुरा गोजमुमो अध्यक्ष विनय तामाङले भनेका हुन्।
Binay Tamang, President GJMM
एउटा कार्यक्रममा भाग लिन कालेबुङ आइपुगेका तामाङले अझ भने –‘हामीले भाजपालाई 10 वर्ष दियौँ तर, गोर्खाहरूलाई केवल धोका मात्रै दिने कार्य गर्‍यो। गोर्खाल्याण्ड राज्य गठन त कुनै छोडिदिउँ एघार जात गोष्ठिलाई जनजाति दिने कुरामा पनि ढाँटिरह्यो। यसकारण अब हामी भाजपालाई आगामी चुनावमा पराजित गर्नेछौँ।’
लोकसभा चुनावमा भूमिपुत्र पार्थी नै पहिलो प्राथमिकता
उनले पत्रकारहरूसँग बोल्दै आगामी लोकसभा चुनावमा गोजमुमो तेस्रो मोर्चाको एउटा घटक दल भएको भन्दै यदि तेस्रो मोर्चा सत्तामा आए गोर्खाहरूको दीर्घकालिन राष्ट्रिय सुरक्षाको माग पुरा हुने पनि दाबी गरेका छन्। यता उनले आगामी लोकसभा चुनावमा दार्जीलिङ पहाडबाट हुने उम्मेद्वारलाई लिएर पार्टीले आन्तिम निर्णय नलिएको भए पनि उम्मेद्वार भने गोर्खा नै हुनपर्छ भन्ने कुरामा आफुहरूले तय गरेको पनि बताएका छन्। ‘हामी आगामी लोकसभा चुनावमा दार्जीलिङ पहाडबाट भूमिपुत्र प्रार्थी हुनपर्छ भन्ने पक्षमा छौँ’  तामाङले भने।
सिब्सुका सहिदहरूलाई श्रद्धाञ्जली
कालेबुङ आइपुगेका तामाङले 8 फरवरी 2011 का दिन सिब्सुमा सहिद बनेका बिमला राई, बिक्की लामा, निता खवास अनि अकबर लामालाई स्मरण गर्दै श्रद्धाञ्जली दिएका छन्। यसक्रममा उनले उक्त सहिदहरूलाई श्रद्धाञ्जली दिँदै सहिदको सपना पुरा गर्ने पनि दाबी गरेका छन्।
‘हामी हाम्रो मागलाई वौद्धिक रूपले पुरा गर्छौँ भन्ने आज सिब्सुका सहिदहरूलाई स्मरण प्रण गर्छौँ। दिशाहिन आन्दोलन गरेर आगामी दिनमा हामी सहिदको सङ्ख्या वृद्धि गर्न चाहँदैनौँ’ विनय तामाङले अझ भने – ‘जनतालाई अलपत्र गरेर, धेरै मानिसहरूको ज्यानसँग खेलवाड गरेर होइन तर परिमार्जित रूपले वौद्धिक आन्दोलन गरेर सहिद सपना पुरा गर्नेछौँ’।
भागेर सहिदको सपना पुरा हुँदैन
यसैक्रममा भूमिगत नेता विमल गुरूङले सहिदको सपना पुरा गर्नेछौँ भनि प्रेस विज्ञप्ती जारी गरेको सन्दर्भमा उनलाई पत्रकारहरूले प्रश्न गर्दा भागेर सहिदको सपना पुरा गर्न नसक्ने स्पष्ट पारेका छन्। सहिदको सपनलाई पुरा गर्नको निम्ति नेता मैदानमा हुनपर्ने भन्दै सिब्सुको घट्ना पनि रणनीति बिनाको आन्दोलनको परिणति रहेको बताएका छन्।
वौद्धिक रूपले लडेर सहिदको सपना पुरा गर्नेछौँ
‘हामीले भावानात्मक रूपले आन्दोलन  गरिरह्यौँ तर कहिल्यै वौद्धिक रूपले रणनीति बनाएर आन्दोलन गर्न सकेनौँ। जसको परिणामस्वरूण सिब्सुको घट्ना घट्यो। बिगतको आन्दोलनले हामीलाई धेरै शिक्षा दिएको छ यसैकारण अब सहिदको सपना पुरा गर्नलाई हामीले वौद्धिक रूपले रणनीति बनाएर आन्दोलन गरेर सहिदको सपनालाई पुरा गर्नुपर्नेछ’ विनय तामाङले भने।
जीटीएको चुनाव 46 वटा समष्टिमा हुने
उनले आगामी लोकसभा चुनाव पछि अगस्त सितम्बर महिनामा जीटीएको चुनाव पनि सम्पन्न हुने तय भएको बताउँदै जीटीए चुनाव अघि कालेबुङको गोरुबथान समष्टिलाई दुईभागमा विभाजन गरेर जीटीए क्षेत्रमा मोठ 46 वटा समष्टि निर्माण गर्ने भएको पनि बताएका छन्। यसको निम्ति उनले सम्बन्धित पक्षबाट कार्य सुरु भइसकेको पनि तामाङले दाबी गरेका छन्।
दिल्लीको साकेटमा बनिने गोर्खा वेलफेयर सेन्टर
अर्कोतर्फ तामाङले कुराकानीनै क्रममा यता दिल्लीको साकेट क्षेत्रमा जीटीएको पक्षबाट गोर्खा वेलफेयर सेन्टर निर्माण कार्यको शिल्यान्यास आगामी 13 फरवरीका दिन बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी अनि दिल्लीका मुख्यमन्त्री अरविन्द केजिरीवालको उपस्थितिमा गरिने बताउँदै गोर्खाहरूका निम्ति उक्त निर्माण कार्य महत्वपूर्ण उपलब्धि हुने दाबी गरेका छन्। यसक्रममा उनले जीटीएको सत्तामा बसेपछि आफुले अघिबाटै गुमेका धेरै कार्यहरू फर्काएर ल्याउन सकेको दाबी पनि गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad