टिस्टा प्राथमिक स्वास्थ्य केन्द्रमा संसाधनको अभाव; क्षेत्रवासीले स्वास्थ्य अधिकारी चढाए ज्ञापन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 25, 2019

टिस्टा प्राथमिक स्वास्थ्य केन्द्रमा संसाधनको अभाव; क्षेत्रवासीले स्वास्थ्य अधिकारी चढाए ज्ञापन

गफसफ.com, कालेबुङ, 25 जनवरी।
टिस्टाको सामाजिक संस्था सामाजिक संघर्ष समितिले आज कालेबुङ जिल्ला अस्पतालका मुख्य स्वास्थ्य अधिकारीलाई भेट गरेर ज्ञापन पत्र सुम्पेको छ। विशाल राईको नेतृत्वमा रहेको प्रतिनिधी टोलिले विशेष गरेर टिस्टा बजारमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा हुनपर्ने स्वास्थ्य सुविधाहरू पर्याप्त रूपले नभएको भन्दै मानिसहरूका निम्ति प्राथमिक स्वास्थ्य सम्बन्धि आवश्यक सामाग्रीहरू उपलब्ध गरिनुपर्ने माग गरेको छ।

टिस्टा प्राथमिक स्वाथ्य केन्द्रमा प्र्याप्त स्वास्थ्य सुविधा नभएको मानिसहरूले जनगुनासो गरिरहेको भन्दै जनस्वास्थ्य सम्बन्धि स्वास्थ्य केन्द्रमा पूर्वधारहरूको विकास गर्नुपर्ने माग प्रतिनिधी टोलिले गरेको छ। यसक्रममा हालमा टिस्टा प्राथमिक स्वस्थ्य केन्द्रमा दुईजना डाक्टरको नियुक्ति, एम्बुलेन्सको सुविधा, एक्सरे, ब्लड टेस्ट आदिका सुविधाहरू उपलब्ध गर्नुपर्ने पनि प्रतिनिधी टोलिले माग गरेको विशाल राईले बताएका छन्।
उनले कालेबुङ जिल्लाको खण्ड एक अधिनस्थ टिस्टा प्राथमिक स्वास्थ्य केन्द्रमा धेरै मानिसहरू स्वास्थ्य जाँचको निम्ति आउने गरे पनि उचित उपकरणहरूको अभावमा रोगिहरूले समस्या भोग्न परिरहेको विशाल राईले बताएका छन्। उनले प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पूर्ण सुविधाहरू नभएकै कारण गरीब मानिसहरू गाडीभाडा खर्च गरेर अन्यन्त्र जान परिरहेको भन्दै जिल्ला गठनपछि प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सुधार आउनुपर्ने माग गरेका छन्। उनले टिस्टा प्राथमिक स्वास्थ्य केन्द्रमा पर्याप्त सुविधा हुन सके क्षेत्रका धेरै मानिसहरू लाभान्वित हुने भने यस विषयमा जिल्ला स्वास्थ्य अधिकारीलाई माग राखेको पनि उनले बताएका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad