गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको केन्द्रिय समिति गठन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 25, 2019

गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको केन्द्रिय समिति गठन

गफसफ.com, कालेबुङ, 25 जनवरी।
गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा केन्द्रिय समिति गठन गरिएको छ। गोजमुमो उपाध्यक्ष सतीस पोख्रेलको विशेष उपस्थितिमा कालेबुङको डेलोमा सम्पन्न भएको सभामा विद्यार्थी मोर्चाको नयाँ कमिटि गठन गरिएको छ। सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै सतीस पोख्रेलले 47 जना सदस्य रहेको विद्यार्थी मोर्चाको नयाँ कमिटि गठन भएको बताएका छन्।

उनले नवगठित विद्यार्थी मोर्चाको अध्यक्षको रूपमा विश्वास गुरुङ, सचिव प्रजय राई, कार्यकारी अध्यक्ष भाष्कर राईलाई सर्वसहमतिले चयनित गरेको जानकारी दिँदै कमिटिमा दार्जीलिङ, कालेबुङ, खर्साङ, मिरिक लगायत विभिन्न ठाउँका प्रतिनिधीवर्ग समावेश रहेको पनि जानकारी दिएका छन्। यसैक्रममा सतीस पोख्रेलले विद्यार्थी मोर्चको धेरै जिम्मेवारी रहेको बताउँदै पहाडको शिक्षाको विकासमा  विद्यार्थीमोर्चाले आगामी दिनमा धेरै कार्य गर्न पर्ने भएको कारण विद्यार्थी मोर्चालाई सशक्त बनाउने कार्य गरेको पनि स्पष्ट पारेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad