गोजमुमो विमल गुटले भेट्यो केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई; प्रधानमन्त्रीसँग कुराकानी गर्ने गृहमन्त्री सिंहले दिए आश्वासन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 25, 2019

गोजमुमो विमल गुटले भेट्यो केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई; प्रधानमन्त्रीसँग कुराकानी गर्ने गृहमन्त्री सिंहले दिए आश्वासन

गफसफ.com, कालेबुङ, 26 जनवरी।
गोर्खा जनमुक्ति मोर्चाको विमल गुरुङ गुटले केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई भेट गरेको छ। भूमिगत नेता विमल गुरुङको विशेष आग्रहमा दार्जीलिङ लोकसभा सांसद एस एस आह्लुवालियाको नेतृत्वमा, बी पी बजगाईँ अनि लिला कुमार गुरुङको प्रतिनिधि टोलीले केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई भेट गरेर छुट्टै राज्य अनि 11 जात गोष्टिलाई जनजातिको मान्यता दिनुपर्ने माग दोहोर्‍याएको भूमिगत नेता रोशन गिरीले पेस विज्ञप्ती जारी गरेर जानकारी गराएजा छन्।

‘गोर्खा जातिको सम्वैधानिक सुरक्षा अन्तर्गत गोर्खालाई जनजाती बनाउने मुद्दा अनि गोर्खाको दीर्घकालदेखि लम्बित छुट्टै राज्यको राजनैतिक मुद्दालाई लिएर भारतको केन्द्रिय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरयो’ रोशन गिरीले प्रेस विज्ञप्ती जारी गरेर भनेका छन्।
यस अवसरमा टोलीले वर्तमानमा दार्जीलिङ पहाड,  तराई अनि डुवर्सका गोर्खाहरूले राजनैतिक तनाव झेलिरहेको अवगत गराउँदै गोर्खाहरूको संवैधानिक अनि राजनैतिक पहिचान बलियो बनाउन आवश्यक रहेको कुरा गृहमन्त्रीलाई बताएको दाबी गरेको छ। सोहीक्रममा भाजपाले वितेको लोकसभा चुनाव अवधी 7 अप्रेल 2014 का दिन अतिरिक्त चुनावी घोषणा पत्र जारी गरेर गोर्खा अनि आदिवासी सहित दार्जिलिङ जिल्ला अनि डुवर्स क्षेत्रको अन्य मानिसहरूको दीर्घकालदेखि लम्बित मागहरूलाई सहानुभूतिपूर्वक हेरेर पद्क्षेप लिने भनि गरिएको घोषणाको स्मरण दिएलाएको पनि गिरीले बताएका छन्।
‘गृहमन्त्रीलाई गोर्खाल्याण्ड माग सन्दर्भमा सम्भाव्यता, राष्ट्रिय सुरक्षाको  सन्दर्भमा भूमिका, यहाँको इतिहासको प्रमाणिकता अनि सम्भावनाहरूको अध्ययन हेतु केन्द्र सरकारको पक्षबाट एउटा कमिटी बनाउने अपील प्रतिनिधि टोलीले गरेको छ’ गिरीले भनेका छन्। यसैक्रममा प्रतिनिधी टोलिले गोर्खा समुदायका 11 जात गोष्टिलाई जनजातिको मान्यता दिलाउने माग दोहोर्‍याएको पनि दाबी गरेका छन्।
‘टोलीले गोर्खालाई जनजाती बनाउने बील आगामी बजट सत्रमा आउनुपर्छ भनेर गृहमन्त्रीलाई अपील गरेको छ। यसका साथै यी कुराहरू उठान गरिएको गोर्खा जनमुक्ति मोर्चाको पक्षमा महासचिव रोशन गिरीद्वारा हस्ताक्षरित एउटा स्मारक पत्र सांसदले गृहमन्त्रीलाई चडाएका छन् भने बी पी बजगाईं अनि लिला कुमार गुरुङले यस सम्बन्धित दस्तावेजहरू गृहमन्त्रीलाई सुम्पिएका छन’ रोशन गिरीले विज्ञप्तिमा भनेका छन्।
उक्त भेटघाटपछि गृहमन्त्रीले सबै मागहरूलाई विस्तार पूर्वक सुनेर सबै विषयहरू संवैधानिक विषय भएको बताउँदै यसबारेमा प्रधानमन्त्रीसँग कुराकानी गर्ने वचन दिनुको पनि रोशन गिरीले विज्ञप्तीमा दाबी गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad