लेप्चा संस्कृति एवम् धरोहर उत्थान दिवस पालन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 25, 2019

लेप्चा संस्कृति एवम् धरोहर उत्थान दिवस पालन

गफसफ.com, कालेबुङ, 25 जनवरी।
लेप्चा संस्कृति एवम् धरोहर उत्थान दिवस पालन गरिएको छ। इन्डिजेनियस लेप्चा ट्राइबल एसोसिएसनको शाखा जोलुङ मिङ ठोमको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा सिक्किमका भाषा निर्देशक उगेन सिगमु उपस्थित रहेका थिए भने लेप्चा बोर्डका अध्यक्ष एल.एस तामसाङ, नाक छिरिँग लेप्चा विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।

कालेबुङ शहरदेखि केहि टाडा पुदुङ खँदालेमा आयोजित कार्यक्रममा लेप्चा जातिको विकासको निम्ति कार्य गर्दै आइरहेका मानिसहरूलाई सम्मान जनाउने कार्य सम्पन्न भयो थियो। यस अवसरमा लेप्चा खान पीन, लेप्चा संस्कृति, लेप्चा लिपीका पुस्तक आदिको प्रदर्शनीहरू पनि गरिएको थियो। विशेष गरेर लेप्चा संस्कार, संस्कृती, भाषा आदिको संरक्षण र उत्थानको उद्देश्य लिएर प्रत्येक वर्ष 25 जनवरीका दिनलाई लेप्चा संस्कृति एवम् धरोहर उत्थान दिवसको रूपमा पालन गर्दै आइरहेको जोलुङ ठुमका अध्यक्ष ओटी गौलकले जानकारी गराएका छन्।
‘हामीले लेप्चा भाषा, साहित्य, संस्कार, संस्कृती सबैको जगेरा गर्दै जातिय उत्थानका निम्ति कार्यहरू गर्दै आइरहेका छौँ। आजको दिनलाई हामीले लेप्चा संस्कृति एवम् धरोहर उत्थान दिवसका रूपमा पालन गर्दै आएको 28 औँ वर्ष पुरा भएको छ’ ओटी गौलकले भने। उनले प्रत्येक लेप्चा समुदायमा लेप्चा जातिको संस्कार र संस्कृतिबारे अवगत गराउन पनि यसरी कार्यक्रमको आयोजना गर्दै आइरहेको बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad