भारतीय गोर्खाहरूका गौरव सुनिल छेत्रीलाई पद्मश्री पुरस्कार - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 25, 2019

भारतीय गोर्खाहरूका गौरव सुनिल छेत्रीलाई पद्मश्री पुरस्कार

गफसफ.com, कालेबुङ, 26 जनवरी।
भारतीय फुटबल टिमका कप्तान सुनील छेत्रीलाई देशको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्री सम्मान प्रदान गरिने भारत सरकारले घोषणा गरेको छ। गणतन्त्र दिवसको पोर्व सन्ध्यामा भारत सरकारले छेत्रीलाई भारतीय फुटबल खेलको क्षेत्रमा दिएको योगदानको निम्ति पद्मश्री पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

भारतीय गोर्खाहरूका गौरव मानिने सुनिल छेत्रीलाई देशको चौथो सर्वोच्च सम्मान पद्मश्री पुरस्कार प्रदान गर्ने घोषणाले सम्पूर्ण भारतीय गोर्खाहरूले गौरव महसुश गरेका छन्। छेत्रीले अहिलेसम्म 107 अन्तराष्ट्रिय खेलमा 67 गोल गरिसकेका छन्। जुन विश्वको फुटबल इतिहासमा क्रिस्टियानो रोनाल्डो पछि सबैभन्दा धेर गोल गर्नेहरूको सूचीमा दोस्रो स्थानमा उनको नाउँ आउँछ भने अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी तेस्रो स्थानमा रहेका छन्।
सुनील छेत्रीलाई पद्मश्री पुरस्कार प्रदान गरिने घोषणा पछि गफसफ.com हार्दिक बधाई दिँदछौँ। 

No comments:

Post a Comment

Post Bottom Ad