शाररिक असक्षमहरूलाई समाजको मूलधारमा ल्याउने गोर्खे सामाजिक कार्यकर्ता द्रोपदी घिमिरेलाई पद्मश्री पुरस्कार - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 25, 2019

शाररिक असक्षमहरूलाई समाजको मूलधारमा ल्याउने गोर्खे सामाजिक कार्यकर्ता द्रोपदी घिमिरेलाई पद्मश्री पुरस्कार

गफसफ.com, सिक्किम, 26 जनवरी।
सामाजिक कार्यकर्ता एवम् सिक्किम विकलाङ्ग सहायता समितिकी संस्थापक द्रोपदी घिमिरेलाई पद्मश्री पुरस्कार प्रदान गरिने भारत सरकारले घोषणा गरेको छ। देशको चौथो सर्वोच्च नागरिक सम्मानले सिक्किम राज्यकी छोरी एवम् भारतीय गोर्खाहरूकै गौरव द्रोपदी घिमिरेलाई प्रदान गरिएने घोषणा सम्पूर्ण गोर्खाहरूकै नाउँ उच्च भएको छ।

विशेष गरेर शाररिक असक्षम मानिसहरूका निम्ति कार्य गर्दै आइरहेकी द्रोपदी घिमिरेले अहिलेसम्म धेरै शाररिक असक्षम मानिसहरूलाई धेरै प्रकारका सहयोगहरू गर्दै समाजको मूलधारमा ल्याउने कार्य गरिरहेकी छन्। समाजमा शाररिक असक्षमहरूलाई उपेक्षा दृष्टिले हेर्ने गरेको अवस्थामा द्रोपदी घिमिरीले उनीहरूलाई समाजको मूलधारमा ल्याएर शाररिक अक्षमहरूसँगै बाँच्ने उर्जा दिँदै आइरहेकी छन्। उनको गैरसरकारी सङ्गठनले अहिलेसम्म यस्ता शाररिक असक्षम व्यक्तिहरूलाई कृतिम प्रकारका हात अनि खुट्टा समेत प्रदान गर्ने कार्य गरिरहेको छ भने नि:शुल्क शल्यक्रियाहरू गरेर सक्षम बनाउने कार्यहरू पनि गर्दै आइरहेकी छन्।
समाजमा उपेक्षित वर्गमा परेका यस्ता शाररिक असक्षम व्यक्तिहरूको सहयोगार्थ कार्य गर्दै आइरहेकी गान्तोक सिक्किम निवासी द्रोपदी शर्मालाई गफसफ.com हार्दिक बधाई दिँदछ।

No comments:

Post a Comment

Post Bottom Ad