गायक बन्न चाहने जीवन गुरुङ देशको निम्ति सहिद बने; आज पैतृक थलोमा अन्तिम संस्कार गरिने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, January 13, 2019

गायक बन्न चाहने जीवन गुरुङ देशको निम्ति सहिद बने; आज पैतृक थलोमा अन्तिम संस्कार गरिने

गफसफ.com, कालेबुङ, 14 जनवरी।
देशको सिमानामा आतङ्की हमला परेर सहिद बनेका दार्जीलिङ जिल्ला अधिनस्थ लामाहट्टा निवासी जीवन गुरुङ तिरङ्गमा लपेटिरएर घर आएका छन्। जम्मु काश्मिरको रजौरी जिल्ला अधिनस्त लाइन अफ् कन्ट्रोलमा सेवारत जीवन गुरुङ शुक्रबार भएको आतङ्की हमलामा सहिद बनेका हुन्।

2/1 गोर्खा रेजिमेन्ट सहिद जीवन गुरुङको शवलाई आईतबार बेलुकी 4:45 बजे हवाई मार्ग भएर बाघडोग्रा विमान स्थलमा ल्याइपुर्‍याइएको थियो। जहाँ उनलाई सेनाले बिगुलको शोक धुनसँगै सलामी दिँदै श्रद्धाञ्जली दिएपछि उनको शवलाई लामाहट्टा स्थित सिङग्रीताममा अवस्थित घरको निम्ति प्रस्थान गरिएको थियो।
सहिद जीवन गुरुङको शवलाई बाघडोग्रा बिमान स्थलमा ल्याउनसाथ गाउँबाट आएका मानिसहरूको आँखा आँसुले रसिएको थियो भने आमा आफ्ना छोराको यादमा एकोहोरो रोइरहेकी थिइन्। जुन दृष्यले झनै मानिसहरूको आँखा रसाएको थियो।
उसै त सहिद जीवन गुरुङ गायक बन्न चाहन्थे। गाउँमा सामाजिक कार्यहरूमा समेत सक्रिय हुने गुरुङ गाउँमा गीत गाइरहेने युवकै रूपमा परिचित थिए। हँसिलो अनुहारका जीवन गुरुङ दसैँ अघि घरमा आउँदा साथीभाइहरूसँग गीत गाउँदै रमाइलो गरेर नै छुट्टी विताएका गाउँलेहरूले बताएका छन्।
गायक सङ्गीतकार बन्ने सपना सजाए पनि उनी साँढे चारवर्ष अघि मात्रै भारतीय सेनामा भर्ना भएका थिए। हाल उनको ड्युटी जम्मु काश्मिरको रजौरी जिल्लाको नैसेरामा थियो। जहाँ शुक्रबार भएको आतङ्की हमलामा 24 वर्षिय जीवन गुरुङ सहिद बनेका हुन्।
सहिद गुरुङको पार्थिव शरिर बाघडोग्रा विमान स्थलमा ल्याइपुर्‍याएपछि उनलाई भारतीय सेनाका जवानहरूले सलामी दिएका थिए भने राज्यका पर्यटनमन्त्री गौतमदेवले पनि श्रद्धाञ्जली दिएका थिए। यसका साथै अन्य ठाउँहरूबाट आएका मानिसहरूले पनि सहिदलाई श्रद्धाञ्जली दिए।
सहिद जीवन गुरुङको अन्तिम संस्कार आज उनको पैतृक जन्मथलो लामाहट्टा स्थित सिङ्ग्रीताममा गरिने भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad