सिक्किम सरकारको ऐतिहासिक रोजगार मेला सम्पन्न; 12 हजारले पाए एकैसाथ नियुक्ति पत्र - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, January 12, 2019

सिक्किम सरकारको ऐतिहासिक रोजगार मेला सम्पन्न; 12 हजारले पाए एकैसाथ नियुक्ति पत्र

गफसफ.com, गान्तोक, 13 जनवरी।
सिक्किमका मुख्यमन्त्री पवन चामलिङले ‘एक घर एक रोजगार’ भन्ने नारालाई सार्थक बनाउन शनीबार पाल्जोर स्टेडियममा रोजगार मेलाको आयोजना गरेर 12 हजारलाई नियुक्ति पत्र वितरण गरेको छ। राज्यभरीका मोठ 20 हजार युवाहरूलाई रोजगार दिने घोषणा अनुसार मुख्यमन्त्रीले उक्त नियुक्तिपत्र वितरण गरेको हो। यसका साथै छुटेकाहरूलाई पनि चाँढै नियुक्ति पत्र वितरण गर्ने मुख्यमन्त्री चामलिङले घोषणा गरेका छन्।

विश्वकै इतिहासमा पहिलोपल्ट रोजगार मेला आयोजना गरेर एकैसाथ यतिधेरै नियुक्ति पत्र वितरण गर्ने सिक्किम देशकै पहिलो राज्य पनि बनेको छ। राज्यमा हुने आगामी विधानसभा चुनावको मुखमा मुख्यमन्त्री चामलिङले यसरी बेरोजगारहरूलाई नियुक्ति पत्र बाँडेर पुन:: सत्तामा आउने रोजगार मेलाकै माध्यममा जुवा खेला छन्।
‘जनतालाई हार्दिक बधाई। रोजगार मेला सिक्किमे जनताको निम्ति ऐतिहासिक कार्य हो। विश्वमा नै यस्तो रोजगार मेला भएको छैन। प्रथमपल्ट सिक्किमे जनताको पक्षमा हामीले रोजगार मेला गर्‍यौँ यसको सम्पूर्ण श्रेय पनि सिक्किमे जनतालाई जान्छ’ कार्यक्रम समापन पछि पत्रकारहरूसँग बोल्दै मुख्यमन्त्री चामलिङले भने।

यसक्रममा उनलाई यतिधेरै मानिसहरूलाई एकैसाथ रोजगार दिँदा आर्थिक समस्या सिर्जना हुँदैन भनि प्रश्न गर्दा उनले यस्तो आर्थिक समस्या नहुने बताएका छन्। ‘आर्थिक समस्या केहि छैन।  हामी जे गर्छौँ सिक्किमे जनताको पक्षमा गर्छौँ। त्यसका निम्ति कुनै पनि क्राइसिस फेस गर्न तयार छौँ। हामीले ठूलो आँट लिएर काम गर्छौँ अनि अहिलेसम्म जतिपनि कार्यहरू भएको छ त्यो केवल आँट लिएकै कारण मात्र भएको छ’ मुख्यमन्त्री चामलिङले भने।
उनले रोजगार मेलाको उद्देश्यबारे जानकारी गराउँदै सिक्किमे जनताको प्रत्येक घरमा एकजना व्यक्तिले रोजगार पाएको होस् भन्ने चाहाना राखेको पनि बताएका छन्। ‘रोजगार मेला चाहीँ सिक्किमे जनताको प्रत्येक घरका मानिसहरूले रोजगार पाओस भन्ने उद्देश्य हो। यिनीहरूलाई आगामी 5 वर्षमा रेगुलर गराइनेछ’ मुख्यमन्त्री चामलिङले थप भने।

No comments:

Post a Comment

Post Bottom Ad