पञ्चतत्वमा विलिन भए सहिद जीवन गुरुङ; मानिसहरूले दिए अन्तिम श्रद्धाञ्जली - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, January 14, 2019

पञ्चतत्वमा विलिन भए सहिद जीवन गुरुङ; मानिसहरूले दिए अन्तिम श्रद्धाञ्जली

गफसफ.com, दार्जीलिङ 14 जनवरी।
शहीद जीवन गुरूङ पञ्चतत्वमा विलीन भए। उनको निजी थलो लोवर लामाहट्टा (सिङ्ग्रीताम)- मा बौद्ध परम्पराअनुसार उनको अन्तिम कार्य सम्पन्न गरियो। उनलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न ठाउँहरूबाट धेरै सङ्ख्यामा मानिसहरू उपस्थित रहेका थिए।

गत अक्टोबर महीनामा मात्रै जीवन गुरूङ छुट्टी लिएर घर आएका थिए। गाउँ- घरका साथीहरूसित दशैं-औसीमा रमाइँलो गरेका थिए। यतिमात्र होइन छुट्टीमा घर आएको छेकमा नै उनले दार्जीलिङ पुलिसद्वारा आयोजित द राइजिङ स्टारमा गायकको रूपमा भाग पनि लिएका थिए। संगीतप्रति उनी विशेष रूचि राख्दथे। मिलनसार जीवन शहीद बनिसकेको छ भन्ने विश्वास गर्न उनको गाउँ-घऱका साथीहरूलाई धेरै गाह्रो भइरहेको छ।
छुट्टी बिताएर पल्टन हिड़ेको छोरो शहीद बनी तिरङ्गा झण्डामा लपेटिएर घर फर्किए घऱ- परिवारका सदस्यहरूले पनि विश्वासै गर्न सकिरहेका छैनन्। अक्टोबर महीनाको छुट्टीभरि आफैले ढुङ्गा फुटाएर घरको वरिपरि जीवनले लगाएको देवल जस्तोको त्यस्तै छ तर जीवन अब घरमा छैनन्। बाबा किरण गुरूङ, आमा पुनम गुरूङ, दिदी बिणु गुरूङ, दाजु रूपन गुरूङहरूलाई अझसम्म जीवनको शहादत स्वीकार गर्नु धेरै गाह्रो भइरहेको छ।आमा, दिदीहरू रोएर बेहाल छन्। 24 वर्षे कलिलो जीवनले देशप्रति दिएको उत्सर्ग स्वीकार गर्नुभन्दा गाह्रो उनीहरूलाई भऱपर्दो छोरोको वियोग स्वीकार्नु भइरहेको छ।
विधायक अमरसिहँ राईले शहीद गुरूङको पार्थिव शरीरमा श्रद्धाञ्जलि व्यक्त गरेपछि पत्रकारहरूसित बोल्दै शहीद गुरूङको परिवारप्रति हार्दिक सम्वेदना व्यक्त गरे।शहीद जीवन गुरूङले देशको निम्ति प्राणको आहुति दिएर आज फेरि गोर्खाहरूको देशभक्ति प्रमाणित गरिदिएका छन्। उनको शहादतले देशको इतिहासमा गोर्खाहरूको नाम फेरि सुनौलो अक्षरले लेखिएको छ। तथापि शहीदको परिवारप्रति जुन बज्रापात आइपरेको छ त्यो असहनीय पनि रहेको छ। यो समयमा सम्पूर्ण पहाड़वासीले शहीद परिवारलाई सम्वेदना अनि साथ- सहयोग प्रदान गर्नुपर्छ। म आफ्नो तर्फबाट शहीद परिवारप्रति सम्वेदना व्यक्त गर्दछु साथै यो दुःखको क्षणमा इश्वरले उनीहरूलाई सहन गर्ने सक्ने प्रदान गरोस् भन्ने पनि चाहन्छु, राईले भने।  
यसबाहेक गोजमुमो अध्यक्ष विनय तामाङले पनि हिजो नै शहीद परिवारसित भेटघाट गरी सम्वेदना व्यक्त गरेको तथा शहीदलाई श्रद्धाञ्जलि अर्पण गरेको थाह लागेको छ।शहीद जीवन गुरूङको अन्तिम दर्शन अनि श्रद्धाञ्जलि अर्पण गर्न दार्जीलिङ पहाड़का विशिष्ट व्यक्तित्वहरूसितै बाक्लो संख्यामा मानिसहरू उपस्थित रहेका थिए।123 माउण्टेन ब्रिगेड, दार्जीलिङका ब्रिगेडियर पतञ्जली राहुललगायत शीर्ष सेना अधिकारीहरूको तर्फबाट शहीदलाई श्रद्धाञ्जलि अर्पण गरियो यसबाहेक दार्जीलिङका विधायक अमरसिहँ राईलगायत अन्य शीर्षस्थ गोजमुमो नेतृत्वहरू पनि शहीद गुरूङलाई श्रद्धाञ्जलि अर्पण गर्न भेला भएका थिए।
सहिद जीवन गुरुङको आज अन्तिम संस्कार गरिएको छ। देशको सिमानामा आतङ्की हमला परेर सहिद बनेका दार्जीलिङ जिल्ला अधिनस्थ लामाहट्टा निवासी जीवन गुरुङको आज पैतृक थलो लामाहट्टाको सिङ्ग्रीताममा गरिएको हो। यस अवसरमा सेनाका उच्च अधिकारीवर्गले सहिद गुरुङलाई सलामी दिएर श्रद्धाञ्जली दिएका थिए भने उनलाई श्रद्धाञ्जली दिन विभिन्न ठाउँहरूबाट मानिसहरूको भीड जमेको थियो।
जम्मु काश्मिरको रजौरी जिल्ला अधिनस्त लाइन अफ् कन्ट्रोलमा सेवारत जीवन गुरुङ गत शुक्रबार भएको आतङ्की हमलामा सहिद बनेका हुन्।  2/1 गोर्खा रेजिमेन्ट सहिद जीवन गुरुङको शवलाई आईतबार हवाई मार्ग भएर बाघडोग्रा विमान स्थलमा हुँदै पैतृक गाउँ सिग्रीताम पुर्‍याएको थिय भने आज उनको अन्तिम संस्कार गरिएको हो।
सहिद गुरुङलाई श्रद्धाञ्जली जनाउँन आएका सबै मानिसहरूको आँखा रसाएका थिए भने उनलाई सेनाले पूर्ण सम्मानको साथ बिगुलको शोक धुनसँगै बन्दुक पड्काएर अन्तिम सलामी दिएका थिए।

अन्तिम यात्राको भिडियो हेर्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad