कालेबुङ विज्ञान केन्द्रमा चित्र बनाऊ प्रतियोगिता - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, January 12, 2019

कालेबुङ विज्ञान केन्द्रमा चित्र बनाऊ प्रतियोगिता

गफसफ.com, कालेबुङ 12 जनवरी।
राष्ट्रिय युवा दिवसको अवसरमा कालेबुङ विज्ञान केन्द्रको आयोजनामा  विद्यार्थी नानीहरूलाई लिएर चित्र बनाऊ प्रतियोगिताको आयोजना गरेको छ। यस अवसरमा कालेबुङ जिल्ला अस्पतालका डाक्टरहरू क्रमैले सुनिलकुमार सिंह अनि ए.के. विश्वास उपस्थित रहेका थिए।

प्रतियोगितालाई तीन श्रेणीमा बाढिएको थियो। प्रथम श्रेणीमा कक्षा एकदेखि तीनसम्म अध्ययन गर्ने, दोस्रो श्रेणीमा कक्षा चारदेखि पाचसम्म अनि तेस्रो श्रेणीमा कक्षा छदेखि सातसम्म राखिएको थियो। प्रथम श्रेणीको प्रतियोगितामा सहिल राई प्रथम, सिद्धार्थ राई दोस्रो, रोहन पुरकोटी तेस्रो भए भने दोस्रो श्रेणीमा आदर्शना गुरूङ प्रथम, अब्बित राई दोस्रो, राहुल पुरकोटी तेस्रो भएका छन्।
तेस्रो श्रेणीमा अद्रिसा श्रुती विश्वास प्रथम, स्टाचिस दोस्रो, अल्विस रुम्तेल तेस्रो भए। विजयी नानीहरूलाई कार्यक्रममा उपस्थित अतिथिहरूको बाहुलाबाट प्रमाण-पत्र, ट्रफी प्रदान गरियो।

No comments:

Post a Comment

Post Bottom Ad