हिउँ परेपछि खुल्यो आकाश; पर्यटकहरूले लिएर प्राकृतिक सौन्दर्यको आनन्द - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, December 29, 2018

हिउँ परेपछि खुल्यो आकाश; पर्यटकहरूले लिएर प्राकृतिक सौन्दर्यको आनन्द

गफसफ.com, दार्जीलिङ, 29 दिसम्बर।
शुक्रबार अचानक दार्जीलिङ पहाडको विभिन्न ठाउँहरूमा हिँउ परेर आज मौसम खुल्ला बनेपछी पहाडको सुन्दर प्राकृतिक सौन्दर्यमा रमाउने मानिसहरूको भीडभाड देखियो। पहाडमा हिँउ परेको खबर फैलिएपछि आज विभिन्न ठाउँका पर्यटकहरू पनि हिउँ परेको हेर्न आएका थिए भने अघिबाटै आएका पर्यटकहरू हिँउ परेको ठाउँहरूमा भरपुर मनोरञ्जन लिइरहेका थिए
 
हिजो हिउँ परेपछि आज बिहानै देखि घाम लागेर दार्जीलिङ पहाडको मौसम स्वच्छ अनि सफा बन्यो। आकास खुल्ला रहेको कारण कञ्चनजङ्घा पनि सफा देखिएको थियो भने ठाउँ-ठाउँमा जमेको हिउँ टल्किरहेको दृष्यले पर्यटकहरू आनन्दित बनेका थिए।
शनीबार अचानक मौसममा परिवर्तन आएपछि दार्जीलिङ पहाडको विभिन्न ठाउँहरूमा हिउँ परेको हो। दार्जीलिङ पहाडको सबैभन्दा अग्लो पर्यटन स्थल सन्दकफु, फालुट, तुम्लिङ, मानेभञ्ज्याङ, टाइगर हिल आदि ठाउँहरूमा धेरै हिमपात भएको कारण आज दिनभरी घाम लागेपनि उक्त ठाउँहरूमा जमेको हिउँ बिल्न सकेन।  
यता दार्जीलिङ बजार संलग्न क्षेत्रहरूमा परेको हिउँ भने घाम लागेपछि पग्लिएको कारण चिसो ह्वात्तै बडेको छ। बिहानैदेखि मौसम खुल्ला बनेपछि आज दार्जीलिङको चारैतिरबाट बिहानदेखि नै कञ्चनजङ्घाको मनोरम दृश्य देख्न सकियो। यसैले दार्जीलिङ आएका अधिकांश पर्यटकहरूले यसको खुब आनन्द उठाए।
यसबारे चौरास्ताको मल रोडबाट कञ्चनजंघाको फोटो खिँचिरहेकी कलकत्ता निवासी पर्यटक पारोमिता दाससित कुराकानी गर्दा उनले आफू स्वयंलाई भाग्यशाली ठान्दै आजभन्दा अघि दार्जीलिङ आउँदा यसप्रकारको आनन्द उठाउनै नपाएको बताइन्। हिजो साँझ लगभग 4 बजी दार्जीलिङ आइपुगेकी उनले भनिन्-‘हामी साँच्चै सही समयमा दार्जीलिङ आयौं। दार्जीलिङ आइपुगेको समय नै यहाँ हिउँ पर्न शुरू भएको थियो। यो हाम्रो लागि अहोभाग्य हो।’
अर्कोतर्फ कालेबुङ जिल्लाको लाभा रिसाब क्षेत्रमा भने सबैभन्दा धेर हिउँ परेको थियो। लाभा रिसाब क्षेत्रमा हिउँ परेको खबर फैलिएपछि कालेउङ घुम्न आएका पर्यटकहरू धेरै सङ्ख्यामा सोहि क्षेत्रको भ्रमणमा बिहानै देखि भीडको साथमा घुम्न पुगेका थिए भने अघिबाटै आएका पर्यटकहरू भने रिसाबमा हिउँको आन्दन उठाउँनलाई अझै बसेका छन्। उक्त ठाउँमा सञ्चालित अधिकांश होमस्टेहरूमा अहिलेघरी पर्याटकहरू भीडको साथमा रहेका छन् भने हिउँ परेको मनोरम दृष्यले पहाड भ्रमणको औचित्य सार्थक बनेको पर्यटकहरूले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad