ब्रेकफेल भएर वाहन पस्यो घरभित्र; चारजना भए घाइते - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, December 28, 2018

ब्रेकफेल भएर वाहन पस्यो घरभित्र; चारजना भए घाइते

गफसफ.com, टिस्टा, 28 दिसम्बर
टिस्टा बजारमा आज एउटा वाहन सोझै एउटा घरभित्र पसेर दुर्घटना हुँदा चारजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार टिस्टाबाट सिलगढीतर्फ गइरहेको इको मेट वाहन - W.B-73 C1369- ब्रेकफेल भएपछी बाटो किनारको दोकानमा पसेको हो। जसको कारण ४ जना घाइते भएका छन् भने एकजनाको अवस्था निक्कै चिन्ताजनक हुँदा सिलगडी रेफर गरिएको छ।


जानकारी पाएअनुसार उक्त दुर्घटना आज बिहान 10 बजी भएको हो। क्षेत्रवासी सुबल लोहार अनि किरन छेत्रीको घरमा माथीबाट आएको वाहन ब्रेकफेल भएर पर्सा ठूलो दुर्घटना भएकोभो। जसकोकारण घरको धेरै क्षति भएको छ। 

दुर्घटनामा परेर स्थानीयवासी बिरेन्द्र प्रसाद (55) उनको छोरा रितिक प्रसाद (21) छाँया छेत्री (42) अनि सतिस सिंह (22) घाइते बनेका छन्।
रितिक प्रसादलाई टाउकोमा भित्री चोट लागेको कारण अस्पतालबाट उनलाई सिलगढी रेफर गरिएको छ। अन्य घाइतेहरूलाई सामान्य चोट लागेको अनि उपचारको निम्ति अस्पतालमा भर्ना गरिएको छ। दुर्घटना गर्ने वाहन अनि चालक आकाश तामङ (19) लाई टिस्टा पुलिसले आफ्नो अधिनमा लिइएको छ।

No comments:

Post a Comment

Post Bottom Ad